सोनालीको आत्माको चिरशान्तीको कामना गर्दै जलेश्वरमा मैनवत्ती प्रज्वलन
अभियुक्तको खोजी निरन्तर भईरहेपनि अझै पक्राउ पर्न सकेको छैन ।

२०७५ भदौ २२ शुक्रबार, दिउँसो २:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । गत भाद्र १० गते अपहरणमा परी हत्या भएकी ९ महिने वालिका सोनालीलाई विहिवार साझ जलेश्वरमा श्रद्धान्जली दिइएको छ । रेडियो जलेश्वरनाथ को आव्हानमा जलेश्वर स्थित दुर्गाचोकमा उपस्थित युवा,विभिन्न राजनितिक दल,नागरिक समाज तथा पत्रकारहरुले मैनवत्ती प्रज्वलन गर्दै वालिकाको आत्माको चिर शान्तिको कामना गरेका थिए ।
एक मिनेटको मौन धारण गरि वालिकाको आत्माको चिर शान्तिको कामना गर्दै उपस्थित सहभागीहरुले वालिकाको हत्यारा चाडै पक्राउ परोस र पिडित परिवारले न्याय पाओस भन्ने कामना समेत गरे ।
यता, महिला मानव अधिकार रक्षक संजाल तथा अन्य विभिन्न गैरसरकारी संघसंस्थाले समेत वालिकाको आत्माको चिर शान्तिको कामना गर्दै दुर्गाचोकमा दिप प्रज्वलन गरेको छ । संजालकी अध्यक्ष रेखा झाको नेतृत्वमा बुधवार दिप प्रज्वलन गरि विहिवार विहान सयौको संख्यामा युवा तथा गैरसरकारी संस्थाका पदाधिकारी तथा नागरिक समाजले र्याली निकाली वालिकाको हत्यारा तत्काल पक्राउ गर्न स्थानीय प्रसासनलाई दवाव दिएको थियो ।
औरही नगरपालिका वडा नं. १ निवासी संतोष चौधरीकी सात महिनाकी छोरी सोनालीको दुश्कर्म पश्चात हत्या गरी फरार भएका अभियुक्त भंगहा नगरपालिका वडा नं. ६ हतिसर्वा (जमुनिया) निवासी अन्दाजी २५ वर्षीय भरत साहको खोजी निरन्तर भईरहेपनि अझै पक्राउ पर्न सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…