कारीदेवी हत्या प्रकरणः थप एकजना समातिए
सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक खरेलले बताए ।

२०७५ भदौ २१ बिहीबार, बिहान ११:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका १० चोहर्वास्थित घरबाट अपहरणपछि हत्या गरिएकी ५५ वर्षीया एकल महिला कारीदेवी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका २ राजपुरका २१ वर्षीय अशोक यादव रहेका छन् । यादवलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक खरेलले बताए ।
त्यसअघि ५ भदौमा गाउँलेहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका मृतक कारीदेवी यादवकी जेठाजु ६२ वर्षीय रामदेव यादव र ३१ वर्षीय भतिजो लक्ष्मण यादव विरुद्ध कर्तव्य ज्यानको मुद्दा अन्तर्गत सिरहा जिल्ला अदालतबाट म्यद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उनको शव भेटिनु अघि नै ६ भदौमा मृतककी बहिनीकी छोरा गोलबजार २ का यमकुमार यादवले रामदेव बाबु छोरा विरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दिएका थिए । त्यही जाहेरीको आधारमा प्रहरीद्वारा पक्राउ गरिएका बाबु छोरा विरुद्ध शव भेटिएपछि कर्तव्य ज्यानको मुद्दा समेत चलाइएको प्रहरीले जनाएको छ । प्रहरीले कारीदेवीको अपहरणमा प्रयोग गरिएका दुई थान मोटरसाइकल समेत बरामद भएको जनाएको भएपनि मोटरसाइकलको नम्बर भने खुलाएको छैन ।
सिरहा जिल्ला अदालतमा गत २४ जेठमा कारीदेवीको पक्षमा अंश सम्बन्धी मुद्दाको फैसला भएपछि प्रहरी हिरासतमा रहेका जेठाजुले उच्च अदालत राजविराज इजलाशमा पुनरावेदन गरेका थिए । पुख्र्यौली सम्पत्तिबाट ससुराको नाममा रहेको एक बिघा १६ धुर जग्गामध्ये अंशवापत् १० कठ्ठा आठ धुर जग्गा पाएकी उनले ससुराको नामको तीन ठाउँमा गरी १६ कठ्ठा १६ धुर जग्गा लुकाएर राखेको भेटेपछि ५ भदौ २०७४ मा सिरहा जिल्ला अदालतमा अंश मुद्दा हालेकी थिइन् ।
अंश मुद्दाको फैसलापछि पुनरावेदन परेसँगै २५ साउनमा घरबाटै अपहरणमा परेकी उनको शव १६ दिनपछि ९ भदौमा नरहा गाउँपालिका १ देवीपुर गौरराहास्थित रामदेव यादवको (लक्ष्मणका मामा) को बाँस झ्याँङ्मा माटोमुनि गाडेको अवस्थामा भेटिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…