मिर्चैयामा एक किशोरीमाथि सामुहिक बलात्कार, १ प्रहरी गिरफ्तमा, २ फरार
प्रहरीले दिएको जानकारी अनुसार बलात्कारमा संलग्न अन्य दुई जनाको खोजी भईरहेको छ ।

२०७५ भदौ २० बुधबार, दिउँसो ३:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २० भदौ । सिरहाको मिर्चैयामा एक किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ५ का २२ वर्षीय रितेशकुमार साह रहेको ईप्रका मिर्चैयाले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बलात्कारमा संलग्न अन्य दुई जनाको खोजी भईरहेको छ । उदयपुरबाट उपचारका लागि मिर्चैया आएकी करिब २१ वर्षीया किशोरीलाई ११ भदौको साँझ स्थानीय जीवा खोला पुलदेखि उत्तरतिर लगेर सामूहिक बलात्कारको गरेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै पीडित किशोरीले दिएको किटानी जाहेरीको आधारमा साहलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका साहविरुद्ध जबरजस्ती करणी मुद्दा अन्तर्गत सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको बताइएको छ ।
लागूऔषध थमाएर धम्की
पछिल्लो केही महिना मिर्चैया क्षेत्रको संस्थागत विद्यालयमा पढाएकी किशोरी बिसञ्चो भएपछि उपचारका लागि ११ भदौमा मिर्चैया आएकी थिईन् । मिर्चैयामा बसेर पढाएको र चिनजान पनि भएकाले उपचारका लागि आएकी किशोरी साँझ गर्मी भएपछि बाहिर निस्किने क्रममा बलात्कारीहरुको फन्दामा परेको आशङ्का गरिएको छ ।
साँझ घुम्न निस्किएकी किशोरीलाई तीन जनाको समूहले मिर्चैयाको मुख्य बजार क्षेत्रदेखि करिब पाँच सय मिटर पश्चिम पर्ने जीवा खोलादेखि उत्तरतिर पर्ने आँपको बगैंचामा पुर्याएको पीडित किशोरीको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बगैंचामा पुर्याइएकी किशोरीलाई तीन जनाले प्रतिबन्धित लागूऔषध फेन्सिडिलको बोतल थमाएर फोटो खिच्दै प्रहरीलाई खवर गरिदिने धम्की दिंदै सामूहिक बलात्कार गरिएको हो ।
सामूहिक बलात्कारपछि जसोतसो प्रहरीमा आएकी किशोरीले घटनाक्रम बताएपछि तत्काल प्रहरी परिचालन गरी खोजी गर्ने क्रममा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…