मिर्चैयामा यसरी निकालियो डोलजात्रा, ओर्ले जनसागर
विभिन्न मठ मन्दिरमा पूजा गरी भगवान कृष्ण र राधा प्रतिमुर्तिको नित्य नगर परिक्रममा पनि गरिन्छ ।

२०७५ भदौ १८ सोमबार, दिउँसो १२:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, १८ भदौ । मिर्चैयामा सोमबार विहान रथ यात्रा निकालिएको छ । विगतका वर्षहरु झैँ कृष्ण जन्मेको दोस्रो दिन कृष्णको रथ यात्रा निकाल्ने परम्परालाई यस वर्ष पनि मिर्चैयाका स्थानीय बासिन्दाले निरन्तरता दिएका हुन् ।
कृष्णको रथयात्रालाई डोल जात्रा पनि भनिन्छ । विभिन्न मठ मन्दिरमा पूजा गरी भगवान कृष्ण र राधा प्रतिमुर्तिको नित्य नगर परिक्रममा पनि गरिन्छ ।
कंशको अत्याचारले सीमा नाघेपछि उनको नाशका लागि द्वापर युगमा भगवान विष्णुको नवौँ अवतारका रुपमा कृष्ण भगवान जन्मको खुशीमा सदियौँदेखि डोलजात्रा निकाल्ने गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…