कत्तारमा गोली हानेर मृत्यूदण्ड दिने अनिलको मुद्दा बहसमा सुस्तता !
कातारस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको संयोजनमा अनिल चौधरीको जीवन रक्षाको पहल गरिरहेको बताएको छ।

२०७५ भदौ १८ सोमबार, बिहान १०:२० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, कत्तार । कतारी नागरिकको हत्या आरोपमा मृत्यूदण्ड सजाय सुनाइएका महोत्तरी औरही नगरपालिका वडा नं. १ का अनिल चौधरीलाई बचाउन गरिएको पुनरावेदनमाथि बहसमा ढिलाई सुस्ती भएको छ।
कबिर २० महिनादेखी कतार जेलमा रहेका अनिललाई बचाउन पुनरावेदन गरेको तीन महिना बितिसक्दा पनि बहस सुरु नभएको अनिल चौधरीका बुवा श्यामकिशोर चौधरीले बताए ।चार वर्षअघि वैदेशिक रोजगारीको क्रममा अनिल चौधरी कतार गएका थिए । २३ वर्षीय अनिल घर फर्किन चार महिना बाँकी हुँदा एक कतारी नागरिकको हत्या आरोपमा अनिल पक्राउ परेका थिए ।
कतारी नागरिक उमेर मोहम्मद उमेर अल रामजानी अल निउमियोको हत्या आरोपमा तल्लो अदालतले अनिल लाई मृत्युदण्डको सजाय सुनाएको हो ।‘पीडित परिवारसँग माफी मागेर छोरोलाई बचाउन कतारजान राहदानी बनाएँ, ’ अनिलका बुबाले भने, ‘तर, सरकारले भिजा उपलब्ध गराइदिएन।’ उनले पीडित परिवारसँग छोरो बचाउन माफी वा ब्लड मनिको कुरा गर्न वकिललाई लिएर कतार जान राहदानी बनाएका थिए ।
‘सरकारको निकाय काठमाडौं आउँदा जाँदा साँढे तीन लाख ऋणको भारी भयो। अब भगवानको मञ्जुर भए छोरा फर्किन्छ। म एक बुबाको जिम्मेवारी पूरा गरिरहेको छु। - उहाँले भन्नुभयो ।
अनिल उनका एकमात्र छोरा छन् । उहाँले छोरालाई सकुसल स्वदेश फर्काउन सरकारसमक्ष पहल गरिदिन आग्रह गरेका छन्। छोरालाई मृत्यूदण्डको सजाय सुनाएपछि अनिलकी आमा २० महिनादेखी पीडामा छिन्।
‘कमाएर खुवाउने एउटै छोरा अनिल थियो उहाँले भन्नुभयो , छोरोले कमाएर पठाउथें। हामी बुढाबुढी हातमुख जोड्दै थियौँ। ढेड लाख ऋण गरेर गएका अनिलका बुबाको दुई धुर घडेरी र सात कठ्ठा खेत मात्रै छ।
अनिल कोमल इन्टरनेसनल सर्भिस प्रा. लि. मार्फत् २०१५ अगष्ट २७ मा कतार गएका थिए । कार सरसफाई गर्ने कम्पनीमा सामान्य कामदारको रुपमा काम गर्दैै आएका उनी कतारी नागरिकलाई हत्या गरेको आरोपमा सन् २०१७ अप्रिलको पहिलो हप्ता नै पक्राउ परे।
अनिल जेल पर्नु अघि कतारमा तीन बर्ष बिताइसकेका थिए। एक बर्ष अझै बसेर उनी घर फर्किने तयारीमा थिए। विदेशबाट छोरा घर फर्किएपछि नयाँ घर बनाउने सपना उहाँका परिवारको सपना थियो।
कातारस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको संयोजनमा अनिल चौधरीको जीवन रक्षाको पहल गरिरहेको बताएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…