प्रदेश सरकारलाई टेरेन सरकारी कार्यालय, सिरहाका ४ सरकारी कार्यालयमा फोरमको ताला
प्रदेश नम्बर २ सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको विदा अवज्ञा गरेको भन्दै तालाबन्दी गरिएको छ ।

२०७५ भदौ १७ आइतबार, दिउँसो ४:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, १७ भदौ । प्रदेश नम्बर २ सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको विदा अवज्ञा गरेको भन्दै सिरहाको लहानस्थित चारवटा सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ ।
प्रदेश २ को सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरमले लहानका चार सरकारी कार्यालयमा तालाबन्दी गरेको हो ।
विद्यार्थी फोरमका प्रदेश २ का संयोजक दिपेश यादवको नेतृत्वमा नेपाल बैंक लिमिटेड, आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था कार्यालय र विद्युत प्राधिकरण कार्यालयमा ताला लगाइएको हो ।
यो सामाचार अन्नपूर्ण पोष्ट दैनिकको अनलाईन संस्करणमा प्रकाशित गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…