धनुषाको लक्ष्मीपुरमा भतिजोद्धारा काका उपर छुरा प्रहार !
राम कुमार फरार रहेको छ भने प्रहरी उनको खोजी सुरु गरेको छ ।

२०७५ भदौ १५ शुक्रबार, राति ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुरमा भतिजोले काका उपर छुरा प्रहार गरेका छन् ।
मदिरा सेवन गरी बर्ष २२ का राम कुमार यादवले आफ्नै काका वर्ष २३ का राम लखन यादव उपर छुरा प्रहार गरी गम्भिर घाईते बनाएका छन् ।लखनलाई बायाँ कोखाँमा छुरा प्रहार गरी गहिरो चोट दिएका छन् उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ ।
धनुषाधाम प्रहरीका अनुसार, राम कुमारले त्यतिकै मदिरा सेवन गरी राम लखन उपर छुरा प्रहार गरेको प्रारम्भिक जानकारी दिएका छन् ।यता, रामकुमार उनका बुवाबीच आपसी झगडा भईरहेको बेला काका राम लखनले छुटाउन जाँदा रिसमा मातिएका रामकुमारले काकालाई नै छुरा हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
राम कुमार फरार रहेको छ भने प्रहरी उनको खोजी सुरु गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…