गैर आवासीय मधेशी संघ (एनआरएमए) कुवैतमा 'ठाकुर'
गैर नाफामुलक संस्था एनआरएमएले मधेशको पहिचान तथा विकासका लागि काम गर्दै आएको छ ।

२०७५ भदौ १२ मंगलबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, कुबेत ।
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) को कुवैत शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न प्रथम अधिवेशनबाट संगठनको कुबेत अध्यक्षमा धनबिर कुमार ठाकुरको नेतृत्वमा १७ सदस्यीय सहित २ सल्लाहकारको नयाँ कार्य समिति चयन भएको छ ।एनआरएमए कुवैत शाखाको उपाध्यक्षमा नसीब अन्सारी र फुलचन कुमार मुखिया, सचिवमा राजन सिंह कुशवाहा, सह सचिवमा बिर्जु कुमार यादव, कोषाध्यक्षमा विजय कुमार महतो, रहेका छन् ।
त्यसैगरी कार्यकारी सदस्यहरुमा अरविन्द साह, रामकुमार यादव, रामजतन यादव, दिलीप कुमार मेहता, मोहित नारायण महतो, प्रमोद पासमान, राज कुमार मुखिया, संजय राउत, फेकन यादव, श्याम कुमार यादव,सितासरन महतो रहेका छन्।
त्यस्तै सलाहकार मण्डलमा आसा कुमारी मेहता, मोहन सदा रहेका छन्।
यसै क्रममा संगठन विस्तारका सम्बन्धमा न्यूज ब्यूरोसँग संक्षिप्त कुराकानी गर्दै एनआरएमएका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. बशन्त कुशवाहाले विश्वभरीका मधेशीहरुलाई जोड्ने अभियान अन्तर्गत कुवैतमा पनि एनआरएमए गठन भएर विस्तार भएको बताए ।
उनले कुवैतमा रहेका सम्पूर्ण मधेशीहरुलाई एनआरएमएमा सहभागी हुन समेत आग्रह गरे ।कुशवाहाले एनआरएमए विश्वभरी विस्तार भइरहेको र हजारौं मधेशीहरु जोडिएको बताउँदै यसले मधेशको हितमा काम गर्दै सशक्त संस्था बन्ने विश्वास व्यक्त गरे ।
हालसम्म एनआरएमए ३६ वटा देशमा सक्रिय रहेको छ । गैर नाफामुलक संस्था एनआरएमएले मधेशको पहिचान तथा विकासका लागि काम गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…