उत्तरवाहीणीबाट कमला नदीले बगाएका थप २ को शव फेला
कमला नदीले गएको शनिबार बगाएका दुई किशोरको शव फेला परेको छ ।

२०७५ भदौ ११ सोमबार, बेलुकी ५:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, ११ भदौ । कमला नदीले गएको शनिबार बगाएका दुई किशोरको शव सोमबार भेटिएको छ । साउने पूर्णिको जल भर्न सिरहाको बन्दिपुर १ कमला नदीको उत्तरवाहीणीबाट शनिबार बाढीले बगाएको गोलबजार ४ निपनीयँका १५ वर्षका मन्जय महरा र राहुल राउतको शव फेला परेको हो ।
महराको शव भारतीय सीमाक्षेत्रका बजार जयनगर नजिक कमला नदीको पुलमूनि फेला परेको छ भने राउतको शव कर्जन्हा ७ स्थित कमला नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी माधवराज खरेल जानकारी दिनुभयो ।
दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ । कमला नदीले शनिबार ३ जनालाई बगाएको थियो । जसमध्ये सिरहाको औरही गाउँपालिका–३, तुलसिपुरका २० वर्षका कृष्ण महतोको शव आइतबार धनुषा क्षेत्रको कमला नदी किनारमा भेटिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…