नेपाल कुशवाहा युवा कल्याण समाज गोलबजारद्धारा एसईई उत्तीर्णलाई सम्मान
समाजले विद्यार्थीका अभिभावकहरुलाई समेत अबिरार्पण गरी सम्मान गरेको थियो ।

२०७५ भदौ ११ सोमबार, दिउँसो १:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, ११ भदौ । नेपाल कुशवाहा युवा कल्याण समाज गोलबजारले २७ औं लवकुश पूजा एवं जन्म जयन्तीको अवसर पारेर २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याई उतीर्ण भएका कुशबंशी बिद्यार्थीहरुलाई सम्मान गरेको छ । भदौ १० गते आईतबार कुशवाहा धर्मशाला गोलबजारको सभाहलमा एक कार्यक्रमको आयोजना गरी कुशबंशी विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
सिरहा जिल्ला भित्र रहेका विभिन्न ठाउँका निजि तथा सरकारी बिद्यालयबाट उत्तीर्ण भएका ३० जना कुशबंशी विद्यार्थीहरुलाई सम्मान गरेको आयोजकले जनाएको छ । उनीहरुको पढाईप्रति मनोवल बढाउने उदेश्यले सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।
सिरहा जिल्ला भित्र रहेका विभिन्न निजि तथा सरकारी विद्यालयबाट उत्तीर्ण कुशवंशका विद्यार्थीहरुलाई क्रमशः पहिलो, द्वितीय, तृतीय र अन्य गरी जम्मा ३० जना छात्र–छात्राहरुलाई सहभागी गराई सम्मान गरेको आयोजकले जानकारी दिएको छ ।
उनीहरुलाई प्रमाण पत्र, मायाको चिनो र अविर लगाई सम्मान गरिएको छ । समाजले विद्यार्थीका अभिभावकहरुलाई समेत अबिरार्पण गरी सम्मान गरेको थियो ।
समाजका गोलबजार नपा अध्यक्ष विरेन्द्र सिंहको अध्यक्षता तथा समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कपिलदेव सिंंहको सभापतित्व एवं नेपाल कुशवाहा युवा कल्याण समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतोको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा समाजका केन्द्रिय महासचिव मनोज सिंह रहनुभएको थियो भने समाजमा आबद्ध सदस्यहरुको विशेष अतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल कुशवाहा युवा कल्याण समाजसँग आबद्ध सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको ब्यूरो सहकर्मी बिटु सिंहले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…