सिरहामा तीन दुर्घटना, तीनको ज्यान गयो
पछिल्लो समय सिरहामा विभिन्न दुर्घटनाबाट अकालमै ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

२०७५ भदौ ११ सोमबार, बिहान ११:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, ११ भदौ । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गएराति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एक जनाको मृत्यु भएको जिप्रका सिरहाले जनाएको छ ।
गोलबजार नगरपालिका–४ स्थित सडकमा स १ च १०९९ नम्बरको जिपले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको धनगढीमाई नगरपालिका–६ निवासी ५५ वर्षीय जीवछ महतोको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते महतोलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढी नगरपालिका–८ गागन खोला पुलमा ज ८ प २१४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय २२ वर्षीय गोविन्द ठाकुरको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका ठाकुरलाई पनि उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
त्यस्तै सिरहा नगरपालिका–७ मैसोथामा माछा पोखरीमा डुबेर स्थानीय ५० वर्षीय हितलाल मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय सिरहामा विभिन्न दुर्घटनाबाट अकालमै ज्यान गुमाउनेको संख्या बढ्दो छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…