ट्रेड युनियनको आडमा शिक्षाको मूल मर्म विर्सनु हुदैन : शिक्षा मन्त्री पोखरेल
पहिले हेस्मास्टर, पछि शिक्षक र अन्तिममा विद्यार्थी ल्याउने गृहकार्य थालिसकिएको छ ।’

२०७५ भदौ ८ शुक्रबार, बिहान १०:२७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो |
जनकपुरधाम, ८ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले टूेड युनियनको आडमा शिक्षामा राजनीतिक नगर्न आग्रह गरेका छन् ।
उनले शिक्षक(शिक्षिकालाई टूेड युनियनमा बस्ने अधिकार नखोसे पनि शिक्षकको मूल मर्म विद्यालय र विद्यार्थीको गुणस्तर परिवर्तनमा लाग्न आग्रह गरेका हुन् । आजको न्यूजपेपर दैनिक पत्रिकामा समाचार छापिएको छ ।
जनकपुरधाममा आयोजना गरिएको विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा शिक्षा मन्त्री पोखरेलले आर्थिक, समाजिक तथा सांस्कृतिक कारणहरुले समेत बालबालिका स्कुल आउनबाट बञ्चित रहेकोले उनीहरुको घरदैलो अभियान मार्फत कारण पत्ता लगाई स्कुल भर्ना अभियान चलाउने तयारी गरिरहेको बताए ।
उनले भने, ‘ईटा भा, होटेल, माईक्रोबस जस्ता स्थानहरुमा बालबालिकाहरुलाई काम गरेको देखेपनि सधैको मानसिकता कारण हामी त्यस्तालाई ध्यान दिदैनौं, के उनीहरुको लागि देशमा लोकतन्त्र गणतन्त्र नआएको हो ।’
उनले अनिवार्य शिक्षा ऐन संसदमा दर्ता गराईसकेको जानकारी गराउँदै ५ वर्ष सम्मका बालबालिकाहरुलाई कम्तिमा बाल शिक्षा पुरा गर्न लक्ष्यका साथ अगाडी बढेको बताए ।
उनले अनिवार्य शिक्षामा सहभागि नहुने व्यक्तिहरुको बैंक खाता, सरकारी सुविधासेवाहरु बञ्चित हुनु प्रावधान आउन लागेकाले सबैले अनिवार्य शिक्षामा सहभागि हुन ट्रेड युनियनको आडमा शिक्षकको मुल मर्म नविर्सिन शिक्षा मन्त्रीको आग्रह आग्रह गरे ।
उनले भने, अबको शिक्षा नीतिमा विश्विद्यालयहरुले विद्यार्थीहलाई पढाएर मात्र हुदैन, उनीहरुको सेटलमेन्टको व्यवस्था पनि गर्नुपर्छ, नभए पढाउन पाईदैन।’ मन्त्री पोखरेलले एकात्मक केन्द्रित सत्ताका कारण शिक्षा, स्वास्थ्य जस्ता अनिवार्य चिजहरु पछाडि परेकोले अब बालबालिकालाई विद्यालयमा भर्ना गराउनु मात्र नभई विद्यालयमा कसरी टिकाउने त्यसमा समेत आफुहरु लागेको बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…