महोत्तरीको औरहीबाट अबैद्य लागु औषध सहित ३ जना पक्राउ
पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय गौशालामा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

२०७५ भदौ ८ शुक्रबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोत्तरी, ८ भदौ । महोत्तरीमा अबैद्य लागु औषध सहित ३ जना पक्राउ परेका छन् । महोत्तरीको औरही २ स्थित सडकबाट बिहीबार दिउँसो ४ बजेको समयमा औरही प्रहरी चौकीले ३ जनालाई लागु औषध सहित पक्राउ गरेको हो ।
प्रहरीलाई उनीहरु माथि शंका लागेपछि चेक जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १६ नाईट्रोशन ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनिहरुले प्रयोग गरेको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी चौकी औरहीका प्रहरी ईन्जार्च शंकार श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय गौशालामा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…