बर्दिवासमा तिर्थयात्री बोकेको रिक्सालाई ठोक्दा एकको मृत्यु, सात घाईते !
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७५ भदौ ४ सोमबार, बेलुकी ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
महोत्तरी, भदौ ४ गते । महोत्तरीको बार्दिबास स्थिती बसले अटो रिक्सालाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । भने आन्य सवार सातजना घाइते भएका छन् ।
मृत्यु हुने बेक्तिमा अटोरिक्साका चालक बर्दिवास नगरपालिका ५ बस्ने वर्ष ५० का होमबहादुर लोप्चन रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएका छन् ।
बर्दिवास नगरपालिका ५ मा तीर्थ यात्री बोकेर मन्दिरबाट फर्किदै गरेको ज १ ह ११२६ नम्बरको अटो रिक्सालाई पुर्वबाट पश्चिम् जाँदै गरेका मे १ ख २५३७ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएका छ्न ।
घाइते हुनेहरुमा अधिकाशं महिला र बालबालिका रहेको छ । उनीहरुको बर्दिवासको स्थानीय हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएका छ्न। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिवास नगरपालिका वडा नं. ५ स्थित टुटेश्वर महादेव मन्दिरबाट यात्रु लिएर फर्किदै गरेका अटोरिक्सालाई तीव्र गतिमा रहेका यात्रुबहाक बसले ठक्कर दिएको प्रहरीले जनाएका छ्न।
घाईतेहरुको उपचार बर्दिवासको शुभ स्वस्तिक हस्पिटलमा भईरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…