सार्वजनिक अभिव्यक्तिप्रति हेल्प मधेसीको आपत्ति, दिपकले मागे माफी
न्यूज ब्यूरो | जनकपुरधाम, २ भदौ । विगत केही दिनदेखि हेल्पमधेसीमा फुट भएको समाचारलाई लिएर चल्दै आएको विवादप्रति दिपक यादवले क्षमा प्रार्थी दर्साएका छन् । हेल्प मधेसी कत्तार च्याप्टरका अध्यक्ष पवन ठाकुर समक्ष दिपकले आफ्नोे अभिव्यक्ति हेल्प मधेसीलाई बदनाम गर्ने नियत नभएको तथा आफ्नो व्यक्तिगत अभिव्यक्ति

२०७५ भदौ २ शनिबार, राति ११:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २ भदौ । विगत केही दिनदेखि हेल्पमधेसीमा फुट भएको समाचारलाई लिएर चल्दै आएको विवादप्रति दिपक यादवले क्षमा प्रार्थी दर्साएका छन् ।
हेल्प मधेसी कत्तार च्याप्टरका अध्यक्ष पवन ठाकुर समक्ष दिपकले आफ्नोे अभिव्यक्ति हेल्प मधेसीलाई बदनाम गर्ने नियत नभएको तथा आफ्नो व्यक्तिगत अभिव्यक्ति दिएपनि पाठकले सार्वजनिक रुपमा लिएकोप्रति म आफैँ क्षमा प्रार्थि छु भनेर भने ।
केही दिन अघि न्यूज ब्यूरोसँग दिपकले हेल्प मधेसी उपर आफ्नो विश्वास नभएको कारण अगलै उमेश परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको बताएका थिए ।
उनले भने, "मेरो भावार्थ त्यो थिएन, मैले मलाई सरोज राय र हेल्प मधेसीका केही पदाधिकारी उपर विश्वास नभएकोले हेल्प मधेसी वा सरोज राय मार्फत उमेश बचाउ अभियानमा रकम दिएनौँ । उमेश परिवारलाई घरमै पुगी रकम हस्तान्तरण गरयौ । तर मेरो नीजि धारणालाई केही जनाले सार्वजनिक रुपमा बुझेकोले म उनीहरुसँग क्षमा चाहन्छु । हेल्प मधेसी लोककल्याणकारी सँस्था हो, मैले आफ्नो व्यक्तिगत धारणा मात्र व्यक्त गरेको थिए ।"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…