घुर्मी बजारमा सम्पन्न फुटबल टुर्नामेन्ट उपर धरमपुरको कब्जा
न्यूज ब्यूरो | सिरहा, २ भदौ । सिरहाको मिर्चैया नगरपालिका–९ स्थित घुर्मी बजारमा सम्पन्न फुटबल टुर्नामेन्टमा धरमपुरले विजयी हाँसिल गरेको छ । सिरहाको मिर्चैया–९ घुर्मी बजारमा आयोजक शिव शक्ति युवा क्लब ढोढना (बि) र धरमपुरबीच हिजो भएको अन्तिम खेलमा धरमपुर १–० गोल अन्तरले विजयी भएका हुन् । गत साउन २५ गतेद
२०७५ भदौ २ शनिबार, दिउँसो १२:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २ भदौ । सिरहाको मिर्चैया नगरपालिका–९ स्थित घुर्मी बजारमा सम्पन्न फुटबल टुर्नामेन्टमा धरमपुरले विजयी हाँसिल गरेको छ ।
सिरहाको मिर्चैया–९ घुर्मी बजारमा आयोजक शिव शक्ति युवा क्लब ढोढना (बि) र धरमपुरबीच हिजो भएको अन्तिम खेलमा धरमपुर १–० गोल अन्तरले विजयी भएका हुन् ।
गत साउन २५ गतेदेखि सुरु भएको फुटबल टुर्नामेन्टको हिजो सम्पन्न अन्तिम खेलमा धरमपुरले विजयी हाँसिल गरी कप जितेका छन् ।
विजयी टिमलाई प्रथम पुरस्कार स्वरुप शिल्ड र रु. ५१ सय रुपैयाँ नगद प्रदान गरिएको आयोजकले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवले विजेता टिमका कप्तानलाई पुरस्कार हस्तान्तरण गरेका थिए भने शिव शक्ति युवा क्लबका अध्यक्ष अशोक चौधरीले दोश्रो विजेता ढोढनालाई शिल्ड र रु. ३१ सय रुपैयाँ नगद पुरस्कारसहित पुरस्कृत गरेका थिए । विजेता टिम र दोश्रो हुने टिमलाई अबिर माला लगाई सम्मान समेत गरिएको थियो ।
स्थानीय युवा नेता भरत साहले खेलाडीहरुलाई मेडल लगाएका थिए भने शिव शक्ति युवा क्लबका अध्यक्ष अशोक चौधरीले दुवै टिमका खेलाडीलाई बधाई ज्ञापन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विनय कु. यादव | सिरहा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…