जनकपुरधाममा केपी ओली गो ब्याक , ६ जना पक्राउ !
अहिले प्रदेशसभा २ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन केहि बेरपछि सम्बोधन गर्नुहुने छ ।

२०७५ भदौ २ शनिबार, दिउँसो १२:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २ भदौ । देशका प्रधानमन्त्रीको जनकपुरधाम आगमनले जनकपुरका युवाहरु तातिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन तयाीमा रहेका केही युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मासका संयोजक सरोज मिश्र, जानी खान, प्रसान्त झा, संजय यादव, आसुतोश झा, पंकज साह र संदेश मिश्रलाई प्रहरीले पक्राउ गरेको हो ।
ती युवाहरुलाई प्रहरीले जनकपुरधामको मुरलीचोक र श्याम चौकबाट पक्राउ गरेको जनाएको छ । मधेशको माग सम्बोधन नगरेको र लामो मधेश आन्दोलनमा मधेशीलाई होच्याउने अभिव्यक्ति दिएको भन्दै ती युवाहरु प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने तयारीमा रहेका थिए ।
जनकपुर विमान स्थलबाट प्रदेश २ सभा आउन लागेको बेला प्रधानमन्त्रीलाई प्लेकाड लिएर विरोध गर्नुको साथै कालो झण्डा देखाउने तयारीमा रहेको बेला पक्राउ परेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
यता अहिले प्रदेशसभा २ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन केहि बेरपछि सम्बोधन गर्नुहुने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…