महोत्तरीको औरही नगरपालिकामा युरिया मलमा कालोबजारी
बाबु प्रेम यदुवन्शी महोत्तरी, १ भदौ । महोत्तरीको औरही नगरपालिका भित्ररहेको सबै पसलमा रासायनिक मल युरियामा कालोबजारी भइरहेको पाइएको छ । व्यापारीले कृत्रिम अभाव सिर्जना गरी युरिया मलको कालोबजारी गरिरहेको फेला परेको हो । कृषि सामग्री कम्पनीमार्फत सहुलियत दरमा किसानलाई वितरण हुने युरियामा औरही बजारस्थित

२०७५ भदौ १ शुक्रबार, दिउँसो ४:२१ बजे१ मिनेट पढाइ
बाबु प्रेम यदुवन्शी
महोत्तरी, १ भदौ । महोत्तरीको औरही नगरपालिका भित्ररहेको सबै पसलमा रासायनिक मल युरियामा कालोबजारी भइरहेको पाइएको छ । व्यापारीले कृत्रिम अभाव सिर्जना गरी युरिया मलको कालोबजारी गरिरहेको फेला परेको हो ।
कृषि सामग्री कम्पनीमार्फत सहुलियत दरमा किसानलाई वितरण हुने युरियामा औरही बजारस्थित राजदेबी,जसवाल,लवकुश ट्रेडर्सले मनपरी ठगी गरेको किसानले बताएका छन्। किसानको गुनासो छ्न बिहीबार दिउँसो एक जना एस्थानिय नै किसान बनेर जाँदा प्रतिबोरा मल १ हजार ३ सयभन्दा तल बिक्री गर्न नसक्ने ट्रेडर्सका कर्मचारीले बताए। भङ्गहा नगरपालिका–७ मेघरैलको एक किसानले २ हजार ६ सय रुपैयाँमा दुई बोरा युरिया खरिद गरेको । ‘८ सयमा पाउने मल मैले १ हजार ३ सयमा किन्नुपरेको छ’, उहाँ ले बताउनुभयो ‘त्यो पनि हिजो नै बुकिङ गर्नुपयो।’
दुई बिघा खेतमा धान रोपेको उहाँले बताउनुभयो दुई दिन सम्म औरही बजारमा भौतारिँदा मल पाएको उहाले सुनाउनु भएका छन् । ‘यो नेपाल देशमा मर्कामा पर्ने भनेको त किसान त हो नि ! उखु बिक्री गरेको पैसा डेढ वर्षमा पनि पाइन्न’, उहाँले बताउनुभयो ‘धानमा युरिया मल छर्न पनि ठगिनुपरेको छ।’
भङ्गहा, सितापुर र मेघरैलबाट मल खोज्दै औरही आईपुगेका ५० वर्षीय रामचन्द्र सिंह थारु पनि ठगिएका छन्। दुई बिघामा खेती गरेका उनले पनि रामसेवकले किनेकै भाउमा मल खरिद गरे। ताज ट्रेडर्समै मल किन्न पुगेका महोत्तरी औरही-२ औरहीका ४० वर्षीय विन्देश्वर यादव रित्तै फर्किए। ‘सात दिनअघि प्रतिबोरा ८ सयमा पाउने युरिया मल ४ सय रुपैयाँले बढेको छ’, उनले भने, ‘महँगीले त अकासै छोयो।’ अर्का किसान सुकन्द्रप्रसाद यादवले युरियामा भएको कालाबजारी नियन्त्रण गर्न स्थानीय प्रशासनसँग माग गरे ।
औरहीका मेयर सुनिल यादवलाई किसानहरु ले भन्दा खेरी यो कालोबजारी को बारेमा कुनै पनि जन्कारी नभएको र हामी छिटोभन्दा छिटो अनुगमन गर्ने छौ भनेर धारण दिनु भएका छ्न ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…