विराटनगरमा ट्रकको छतमा सुतेका चालकको खसेर मृत्यु
न्यूज ब्यूरो | मोरङ, १ भदौ । मोरङको विराटनगर- १५ स्थित विराटनगर भन्सार कार्यालय परिसरमा पार्किङ गरेर राखिएको ट्रकको छतबाट खसेर बिहीबार राति चालकको मृत्यु भएको छ । चालक भारतीय नागरिक हुन् । ट्रकका चालक भारत पटनाका ४५ वर्षीय ललन रायको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निर

२०७५ भदौ १ शुक्रबार, दिउँसो ३:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
मोरङ, १ भदौ । मोरङको विराटनगर- १५ स्थित विराटनगर भन्सार कार्यालय परिसरमा पार्किङ गरेर राखिएको ट्रकको छतबाट खसेर बिहीबार राति चालकको मृत्यु भएको छ । चालक भारतीय नागरिक हुन् ।
ट्रकका चालक भारत पटनाका ४५ वर्षीय ललन रायको मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाले बताए। उनका अनुसार भन्सार कार्यालयको यार्डमा पार्किङ गरेर राखिएको डब्लु बी ५१९७ नम्बरको ट्रकको छतमा राय सुतेका थिए।
राति छतबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोसी अञ्चल अस्पताल विराटनगरमा मृत्यु भएको जानकारी निरौलाले दिए। त्यस्तै मोरङको रतुवामाई नगरपालिका- १० स्थित भित्री सडक खण्डमा बिहीबार राति मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजना घाइते भएका छन्।
को ३२ प ३०३६ नम्बरको मोटरसाइकल र को १२ प ९०८० नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका ६ बस्ने २६ वर्षीय मदन आचार्य र स्कुटर चालक रतुवामाई नगरपालिका १० बस्ने तुलसी प्रधान घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुबैजनाको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…