मधेसका दिग्गज नेता हृदेष त्रिपाठी नेकपामा प्रवेश
न्यूज ब्यूरो | जनकपुरधाम १ भदौ । गएकाे प्रतिनिधि सभाकाे चुनावमा सूर्य चिह्न लिएर चुनाव लडेका सांसद हृदयेश त्रिपाठी विधिवत रुपमा नेकपामा प्रवेश गर्नुभएकाे छ । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य चिह्न लिएर चुनाव लडेका त्रिपाठी ५००१ मतान्तरले विजयी हुनुभएको थियाे । त्रिपाठीले ३८ हजार ५ सय ९२ म

२०७५ भदौ १ शुक्रबार, दिउँसो ३:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम १ भदौ । गएकाे प्रतिनिधि सभाकाे चुनावमा सूर्य चिह्न लिएर चुनाव लडेका सांसद हृदयेश त्रिपाठी विधिवत रुपमा नेकपामा प्रवेश गर्नुभएकाे छ ।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य चिह्न लिएर चुनाव लडेका त्रिपाठी ५००१ मतान्तरले विजयी हुनुभएको थियाे । त्रिपाठीले ३८ हजार ५ सय ९२ मत ल्याउनुभएकाे थियाे भने उहाँका प्रतिस्पर्धी कांग्रेसका देवकरण कलवारले ३३ हजार ५ सय ९१ मत ल्याउनुभएको थियाे ।
सूर्य चिह्न लिएर चुनाव लडेका बृजेश गुप्तालगायत अन्य केही नेताहरु पनि अाधिकारिक रुपमा नेकपामा प्रवेश गरेका नेकपाका सांसद तथा नेतृ रामकुमारी झाँक्रीले उज्यालाेलार्इ जानकारी दिनुभयाे ।
बिहीबार बिहान नेकपाकाे पार्टी कार्यालय धुम्बाराहीमा त्रिपाठीसहित जवप्रवेशी नेताहरुलार्इ नेकपाका अध्यक्षद्वय केपी शर्मा अाेली र पुष्पकमल दाहालले स्वागत गर्नुभएकाे थियाे ।
त्रिपाठी गएकाे प्रतिनिधि सभाकाे चुनावमा सूर्य चिह्न लिएर लड्नुअघि राष्ट्रिय जनता पार्टीमा अावद्ध हुनुहुन्थ्याे । चुनाव अगाडि उहाँले राष्ट्रिय जनता पार्टी त्याग गर्नुभएकाे थियाे ।
साभार: उज्यालो
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…