जनकपुरको रामानन्द चोकमा अचेत भेटिएका पुरुषको मृत्यु, सनाखत हुन बाँकी

२०८३ असोज २० मंगलबार
रति ९:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामानन्द चोकमा अचेत अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान करिब ११ः४० बजे रामानन्द चोकमा नामथर र वतन नखुलेका अन्दाजी ३५/३६ वर्षीय पुरुष अचेत अवस्थामा लडिरहेको अवस्थामा फेला परेका थिए ।

प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई दिउँसो १२ बजे मृत घोषणा गरेका थिए ।

मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार मृतकको वर्ण गहुँगोरो, उचाइ अन्दाजी ५ फिट ७ इन्च, कालो कपाल रहेको छ । उनले रातो भेस्ट र जिन्सको पाइन्ट लगाएका थिए ।

मृतकलाई चिन्ने वा उनको पहिचानबारे जानकारी भएका व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा प्रहरीका सम्पर्क नम्बर १००, ९८५४०२६०९० र ९८५४०९०४१९ मा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ असोज २० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus