न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, दुधमती अर्जनवास्थित दुधमती पोखरीमा आजदेखि ‘दुधमती सन्ध्या आरती’ सुरु हुँदैछ । मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दुधमती नदीको उद्गमस्थललाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सन्ध्या आरती सुरु गर्न लागिएको हो ।
छाता इनिसिएटिभको अगुवाइमा आयोजना हुने आरती हरेक साँझ सञ्चालन गर्ने तयारी छ । आयोजक एवम् अध्यक्ष अमरेन्द्र कुमार यादवका अनुसार दुधमती पोखरीसँग माता सीता र कामधेनु गाईसँग सम्बन्धित धार्मिक मान्यता जोडिएको छ । सोही कारण पोखरीलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थलका रूपमा लिइन्छ ।
दुधमती नदी लामो समयदेखि फोहोर तथा अतिक्रमणलगायत समस्याबाट प्रभावित हुँदै आएको छ । नदी संरक्षणका लागि दुधमती नदी सरोकार समाजले नियमित सरसफाइ, वृक्षारोपणलगायत अभियान सञ्चालन गर्दै आएको छ ।
दुधमती संरक्षण तथा सौन्दर्यीकरणलाई मधेश प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । नदीको उद्गमस्थल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ अर्जनवादेखि जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म नदी क्षेत्रको नक्साङ्कनसमेत अघि बढाइएको छ ।
भव्य दुधमति आरतीको लागि गँगा सागर सफाई अभियान एवम् गँगाआरतीका सँयोजक तथा मधेश प्रदेशका सभामुख राम अशिष यादवको प्रमुख आतिथ्यमा आरतीको समुदघाटन हुने जनाइएको छ ।
आयोजकले दुधमतीको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई पुनः उजागर गर्दै संरक्षण अभियानमा स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्यले आरतीलाई निरन्तरता दिने जनाएको छ ।
जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए
- २०८३ असोज १८ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,
पूरा पढ्नुहोस्







