न्यूज ब्यूरो, काठमान्डौँ । समाजवादी विद्यार्थी युनियन, नेपालको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरको आयोजनामा दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
प्रशिक्षण कार्यक्रमअन्तर्गत ‘नेपालमा संघीयताः महँगो कि सस्तो र भविष्यको लगानी’ विषयमा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं राष्ट्रिय बीमा समितिका उपाध्यक्ष डा। उमाशंकर साहले प्रस्तुति दिएका छन् ।
त्यस्तै, ‘संविधान र संघीयता कार्यान्वयनको अवस्था’ विषयमा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय महासचिव लालबाबु राउतले प्रशिक्षण दिएका छन् ।
विद्यार्थी नेताहरू तथा कार्यकर्तालाई संघीयता, संविधान कार्यान्वयन र मुलुकको समग्र राजनीतिक तथा आर्थिक अवस्थाबारे जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा संघीयता, संविधान कार्यान्वयन, समसामयिक राजनीतिक विषय तथा विद्यार्थी आन्दोलनसँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण र अन्तरक्रिया हुने बताइएको छ ।
नेविसंघको इकाई सदस्यबाट कांग्रेस प्रदेश सचिवको दौडसम्म : टकेन्द्र राईको दुई दशकको राजनीतिक यात्रा
- २०८३ असोज १७ शनिबार
खोटाङ । राजनीतिमा एकैपटक पदमा पुग्नेभन्दा संगठनको तल्लो तहबाट सुरु गरेर जिम्मेवारीको विभिन्न खुड्किला पार गर्नुको आफ्नै महत्व हुन्छ । टकेन्द्र राईको राजनीतिक यात्रा पनि यही प्रक्रियाको एउटा उदाहरण हो
पूरा पढ्नुहोस्


