न्यूज ब्यूरो, जनकपुरधाम । कमला बचाओ अभियानको समन्वयमा जनकपुरधामस्थित जानकी मन्दिरबाट भारतको देहरादूनसम्मको करिब ३ हजार किलोमिटर लामो अन्तर्राष्ट्रिय साइकल यात्रा शुभारम्भ भएको छ ।
भारत सरकारबाट पद्मभूषण सम्मान प्राप्त डा. अनिल प्रकाश जोशीको नेतृत्वमा भारतबाट आएको २० सदस्यीय टोलीले जानकी मन्दिरबाट साइकल यात्रा सुरु गरेको हो ।
यात्राको शुभारम्भ मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा मधेश प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री जवाहरलाल कुशवाहा र पर्यटन मन्त्री कनिष्क पटेलको समेत सहभागिता रहेको थियो ।
जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि तथा वातावरण प्रदूषण न्यूनीकरणसँगै जल संरक्षण, जल–जीवन र नदी संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले साइकल यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त श्री श्री १०८ श्री रामरोशन दास वैष्णवले साइकल यात्राको सफलताको शुभकामना दिँदै यात्रामा सहभागी टोलीलाई आशीर्वाद प्रदान गरेका थिए ।
कार्यक्रमको समन्वय कमला बचाओ अभियानका समन्वयक बिक्रम यादवले गरेका थिए भने सचिव विनोद महराले कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गरेका थिए । कार्यक्रममा अभियानीहरू कमलेश मण्डल, सितेश यादव, रामभगत यादव, अमित मिश्रालगायतको सहभागिता थियो ।
नेपालबाट सुरु भएको उक्त अन्तर्राष्ट्रिय साइकल यात्राले नेपाल र भारतबीचको पर्यावरणीय, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने आयोजक तथा सहभागीहरूले विश्वास व्यक्त गरेका छन् ।
धनुषा जनकनन्दिनीका किसानहरुलाई सिँचाईका लागि विद्युतिय मोटर वितरण
- २०८३ असोज १७ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका किसानहरुलाई विद्युतिय मोटर वितरण कार्यक्रम सुरु भएको छ । जनकनन्दिनी गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिकाको विभिन्न वडाका किसानहरुलाई विद्युतिय मोटर दिने कार्य सुरु
पूरा पढ्नुहोस्





