न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेस धनौजी गाउँपालिका–२ को १५औँ वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट राजीन्दर महरा सर्वसम्मत रूपमा वडा सभापतिमा चयन भएका छन् ।
वडा संगठनलाई थप सुदृढ, सक्रिय र व्यवस्थित बनाउने उद्देश्यले सम्पन्न अधिवेशनबाट महराको नेतृत्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
अधिवेशनबाट उपसभापतिमा अताबुल शेख र रेखा कुमारी शर्मा (बरही), सचिवमा सुमेश्वर मण्डल र प्रकाश मण्डल तथा सहसचिवमा रामदेव मण्डल र वीरेन्द्र मण्डल चयन भएका छन् ।
अधिवेशनले पार्टीको संगठन विस्तार, कार्यकर्ताबीचको एकता तथा आगामी दिनमा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
नवनिर्वाचित नेतृत्वले अग्रजहरूको अनुभव, युवाको ऊर्जा तथा सम्पूर्ण कार्यकर्ताको साथ र सहयोगलाई समेटेर वडा संगठनलाई थप गतिशील र मजबुत बनाउने जनाएको छ ।
पार्टीभित्र आपसी एकता, सहकार्य र समन्वयलाई प्राथमिकतामा राख्दै वडा तहबाटै संगठनलाई प्रभावकारी बनाउने नयाँ नेतृत्वले प्रतिबद्धता व्यक्त गरेको छ ।
- २०८३ असोज १७ शनिबार






