न्यूज ब्यूरो, जनकपुरधाम । विदेह नगरपालिकाअन्तर्गत जनता माध्यमिक विद्यालय गिद्धाबेलापट्टिसँग सम्बन्धित सूचना माग गर्दै गत जेठ २५ गते दर्ता गराइएको निवेदनमाथि नगरपालिकाले अझै सूचना उपलब्ध गराएको छैन ।
सूचना मागसम्बन्धी निवेदन दर्ता भएको लामो समय बितिसक्दा पनि सूचना उपलब्ध नगराइनुले विदेह नगरपालिका सूचना लुकाउने पक्षमा उभिएको हो कि भन्ने प्रश्न उठेको छ ।
सूचना माग गर्ने पक्षले विद्यालयका प्रधानाध्यापक पवन मण्डलसँगको अनियमितता साँगगाँठ, प्रभावको कारण नगरपालिका कार्यालयका जिम्मेवार अधिकारीहरू सूचना दिन डराइरहेको आरोप लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत टोलराज उपाध्यायले भने सम्बन्धित कर्मचारीलाई सूचना दिन तोक लगाएको बताए ।
सूचना दिनुपर्ने निकायले निवेदनमाथि कानुनअनुसार प्रक्रिया अघि बढाउनुको साटो मौन बस्नु आफैंमा गम्भीर विषय हो । अझ विद्यालयजस्तो सार्वजनिक संस्थासँग सम्बन्धित सूचना माग हुँदा समेत महिनौँसम्म जवाफ नदिनुले नगरपालिका पारदर्शिता र जवाफदेहिताप्रति कति जिम्मेवार छ भन्ने प्रश्न खडा गरेको छ ।
यस घटनामा प्रश्न प्रधानाध्यापक मण्डलमाथि मात्र होइन, विदेह नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित कर्मचारीमाथि समेत उठेको छ । सूचना दिन कानुनी दायित्व हुँदाहुँदै किन रोकियो ? भन्ने चासो बढेको छ ।
यदि सूचना दिन मिल्ने विषय हो भने महिनौँसम्म किन रोकियो ? सूचना दिन नमिल्ने हो भने त्यसको कानुनी आधार के हो ? र, कसैको दबाब वा प्रभावका कारण सूचना रोकिएको हो भने त्यसको जिम्मेवारी कसले लिने ?
जनताको करबाट चल्ने स्थानीय सरकार र सार्वजनिक विद्यालयसँग सम्बन्धित सूचना कुनै व्यक्तिको निजी सम्पत्ति होइन । सूचना माग्ने नागरिकलाई बेवास्ता गरेर नगरपालिका कार्यालयभित्रै फाइल थन्क्याउने प्रवृत्तिले स्थानीय सरकारको पारदर्शितामाथि गम्भीर प्रश्न उठाउँछ ।
जानकारी अनुसार, जनता माविका प्रअ पवन मण्डल, शिक्षा शाखाका ब्रम्हदेव यादवसहित नगर प्रमुख बेचन दासको समेत मिलोमत्तोमा करोडौँ रुपैयाँ अनिमितता भएको आरोप छ । मागिएको सूचना दिएपछि तीनै जना फँसने डरले सूचना लुकाईएको बुझिएको छ ।
धनुषा–३(२) बाट कांग्रेस प्रदेश प्रतिनिधिमा दीपक ठाकुरको उम्मेदवारी
- २०८३ असोज १६ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषा–३(२) बाट युवा नेता दीपक कुमार ठाकुरले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् । जनकपुरधाम–८ निवासी ठाकुर इन्जिनियरिङ पृष्ठभूमिका साथै शिक्षा क्षेत्रमा सक्रिय छन्
पूरा पढ्नुहोस्


