सिरहा, १५ असोज । सिरहामा सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजाको ठूलो परिमाण बरामद गरेको छ। सुखीपुर नगरपालिका–१० विश्वकर्मा चोकस्थित गागन खोलाको पुलबाट प्रहरीले १ हजार १०२ किलो ६५५ ग्राम गाँजा बरामद गरेको हो।
विशेष सूचनाका आधारमा नं. ७ गण हेडक्वार्टर सिरहाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरका टोलीसँग संयुक्त रूपमा गएराति करिब १२ः३६ बजे गागन खोलाको पुलमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा बा.१४ च २९४ नम्बरको फुलबडी बोलेरो र स.६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकलमा लुकाएर लैजाँदै गरिएको २६ बोरा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
नापतौल गर्दा बरामद गाँजाको तौल १ हजार १०२ किलो ६५५ ग्राम अर्थात् एक टनभन्दा बढी रहेको खुलेको छ।
प्रहरी टोली पुगेपछि भने गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू सवारीसाधन र गाँजा त्यहीँ छाडेर फरार भएका थिए। सशस्त्र प्रहरीले बोलेरो, मोटरसाइकल र ठूलो परिमाणको गाँजा नियन्त्रणमा लिएर नं. ७ गण हेडक्वार्टर सिरहा ल्याएको छ।
एकैपटक एक टनभन्दा बढी गाँजा बरामद भएपछि सिरहामा लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा सशस्त्र प्रहरीलाई ठूलो सफलता हात परेको छ।
बरामद गाँजा तथा दुवै सवारीसाधन आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८३ असोज १५ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्