महोत्तरीबाट शसस्त्र प्रहरीले १ किलो बढी चाँदी समाते
महोत्तरीमा शसस्त्र प्रहरीले एक किलो १८८.९० ग्राम तौल भएको चाँदीका साना साना वालाहरु समातेर भन्सार कार्यालयमा बुझाएको छ । शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीको चेकप्वाईन्टमा ड्युटीमा रहेका सुरक्षाकर्मीलाई देखेर झोला छोडी भागेका पैदल यात्रीको झोला चेक गर्दा उक्त परिमाणको चाँदीका हातमा लगाउन
२०७५ भदौ १ शुक्रबार, दिउँसो २:१९ बजे१ मिनेट पढाइ

महोत्तरीमा शसस्त्र प्रहरीले एक किलो १८८.९० ग्राम तौल भएको चाँदीका साना साना वालाहरु समातेर भन्सार कार्यालयमा बुझाएको छ ।
शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीको चेकप्वाईन्टमा ड्युटीमा रहेका सुरक्षाकर्मीलाई देखेर झोला छोडी भागेका पैदल यात्रीको झोला चेक गर्दा उक्त परिमाणको चाँदीका हातमा लगाउने साना वालाहरु फेला परेको हो ।
समातिएको चाँदीका उक्त वालाहरु महोत्तरी सुन चाँदी व्यवसायी संघको सहयोगमा प्रमाणित गराई जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ । चाँदी बुधवार नै समातिएपनि विहिवार साझमात्र प्रमाणिकरण गरि भन्सारमा बुझाईएको हो ।
उक्त चाँदीका गहनाको मोल ७३ हजार ९६६ मुल्याँकन गरिएको छ ।
यता जलेश्वर भन्सार कार्यालयका प्रमुख केशव भण्डारीले नेपालबाट चाँदीको दाना भारत जाने गरेको र भारतबाट चाँदीका गहना त्यही दाना बनाउन आउने गरेकोले पक्राउ परेको गहना समेत भारतबाटै ल्याईरहेको भएपनि सुरक्षाकर्मीलाई देखेर पैदलयात्री भारततिर भागेको हुनु पर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
बाबु प्रेम यदुवन्शी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…