जनकनन्दिनी गाउँपालिकामा काँग्रेसका सभापति बने अब्दुल मालिक शेख, सर्वसम्मत चयन

२०८३ असोज ११ आइतबार
बिहान १०:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकामा काँग्रेसका गाउँपालिका सभापतिमा अब्दुल मालिक शेख चयन भएका छन् । 

नेपाली काँग्रेस पार्टीको जारी अधिवेशनबाट शनिबार भएको बैठकले उनलाई सर्वसहमतिले गाउँपालिका सभापतिमा चयन गरिएको हो । 

गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखका छोरा रहेका अब्दुल मालिक अहिले जनकनन्दिनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रहेका छन् । 

गाउँपालिका सभापतिमा चयन भएपछि उनले यसपाली गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा पनि चलेको छ । यद्यपी, नेपाली काँग्रेसमा जनकनन्दिनीको दिग्गज मानिएका सुदेश कुमार चौधरीलाई पुनः गाउँपालिका अध्यक्षको लागि उम्मेदवार बनाउने बताईएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

गाउँका युवाको ‘2004: The Time Trap’ : शून्य बजेटमा टाइम–ट्राभलको ठूलो सपना

  • २०८३ असोज ११ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । ठूलो प्रोडक्सन हाउस छैन, महँगो बजेट छैन । तर सपना ठूलो छ । यही सोचका साथ गाउँका युवाहरूले आफ्नै मेहनत, उपलब्ध साधन र आधुनिक प्रविधिको प्रयोग गर्दै

पूरा पढ्नुहोस्

Bureau Menus