जनकनन्दिनी गाउँपालिकाभित्रका सबै विद्यालयहरु भोली शुक्रबार विदा हुने

२०८३ असोज ८ बिहीबार
बेलुकी ५:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाले बाढीको सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा एक दिनका लागि बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार कमला नदीको तटीय क्षेत्रमा अविरल वर्षाका कारण बाढी आउन सक्ने सम्भावना रहेकाले असोज १० गते शुक्रबार गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत तथा परम्परागत ९मदरसा० विद्यालय बन्द रहनेछन् ।

गाउँपालिकाले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्भावित विपद्बाट सुरक्षित रहन र सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

गाउँपालिकाको शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन तथा शिक्षा विकास तथा समन्वय इकाइ, धनुषाबाट प्राप्त सूचनाका आधारमा विद्यालय बिदा गरिएको जनाएको छ ।

सूचनामा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ असोज ८ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus