न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा २०८३ भदौ महिनाका लागि प्रहरी वरिष्ठ नायव निरीक्षक सन्तोष गोले ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम प्रहरी चौकी गिद्वा तिनकौरियामा कार्यरत वरिष्ठ सई गोलेलाई भदौ महिनाको ‘Best Province Police of the Month’ घोषणा गरिएको हो ।
भदौ महिनामा चोरी तथा अवैध हतियारसम्बन्धी घटनाको अनुसन्धान तथा नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी छनोट गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गोलेको कार्यक्षेत्रमा भएका विभिन्न घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा अवैध हतियार बरामद गर्न उनले महत्वपूर्ण भूमिका खेलेको प्रहरीको भनाइ छ ।
प्रहरी संगठनको नीति, निर्देशन र जिम्मेवारीअनुसार अनुशासित, लगनशील, इमानदार तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा उनलाई भदौ महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी चौकी गिद्वा तिनकौरियामा कार्यरत गोलेलाई उत्कृष्ट प्रहरी घोषणा गरिएसँगै उनको कार्यसम्पादनको प्रहरी संगठनभित्र समेत प्रशंसा भएको जनाइएको छ ।
लाखौ रुपैयाँ ठगी गरी भागेको भन्दै इजरायलका छोरा हैदर अलीलाई पक्राउ गर्न पटक पटक पक्राउ पूर्जी, अलि अझै फरार
- २०८३ असोज ८ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा आरोपित दुई जनालाई पक्राउ गरी अनुसन्धानका लागि उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीसँग सहयोग मागेको छ । वैदेशिक रोजगार विभागको अनुसन्धान शाखाले काठमाडौं
पूरा पढ्नुहोस्



.png)