न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा तय भएको विवाहको दिन बेहुली पक्षले सबै तयारी पूरा गरिसके पनि जन्ती नआएपछि अनौठो अवस्था सिर्जना भएको घटना बाहिरिएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. ५ मखनाहामा तय भएको विवाहमा बेहुली पक्षले विवाहका लागि सम्पूर्ण तयारी पूरा गरेको थियो । तर, तय गरिएको मिति ५ असोजमा दिउँसोसम्म पनि जन्ती नआएपछि बेहुली पक्षका केही व्यक्ति बेहुलाको घर पुगे ।
बेहुलाको घर पुगेपछि उनीहरूले जन्ती किन नआएको भनेर कारण सोध्दा बेहुला पक्षबाट आएको जवाफले सबैलाई अचम्मित बनायो ।
‘हाम्रो बिहे त १० गते हो’ भन्दै बेहुला पक्षले जवाफ दिएपछि बेहुली पक्ष झस्किएको थियो ।
मखनाहाबाट गणेशमान चारनाथ नगरपालिका–६ गोदारमा जन्ती जाने गरी विवाहको मिति तय गरिएको थियो । दुवै पक्षबीच विवाहको मिति तय भए पनि मिति सम्झने विषयमा भएको आपसी बुझाइको समस्याका कारण विवाहको दिन नै अन्योल सिर्जना भएको स्थानीयले बताएका छन् ।
घटनाबारे स्थानीयसँग बुझ्दा बेहुला पक्ष आर्थिक रूपमा विपन्न परिवार रहेको र विवाहको मिति तथा तयारीका विषयमा आपसी समन्वयमा अलमल भएको बताइएको छ ।
विवाहजस्तो दुई परिवार र आफन्तबीचको महत्वपूर्ण सम्बन्धमा मिति नै फरक बुझिएपछि घटना स्थानीयस्तरमा चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालमा समेत घटनाबारे लेखिएको स्टेटस भाइरल भएपछि यसको चर्चा थप चुलिएको हो ।
स्थानीयका अनुसार घटनाबारे दुवै पक्षबीच छलफल भएपछि विवादको अवस्था नरहेको र वास्तविकता बुझेर विवाहको कार्यक्रम अघि बढाउने सहमति भएको छ ।
समझदारीपछि सोही दिन (असोज ५) साँझ जन्ती गोदार पुगेपछि विधिवत विहे भएको जनाइएको छ ।
प्रविधिको युगमा मोबाइलमा मिति सम्झाउन रिमाइन्डर राख्न सकिने भए पनि विवाहजस्तो महत्वपूर्ण कार्यक्रमको मिति नै फरक बुझिएपछि धनुषाको यो घटना अहिले स्थानीयदेखि सामाजिक सञ्जालसम्म ‘बिहेको मिति ५ कि १० ?’ भन्ने रोचक चर्चाको विषय बनेको थियो ।
धनुषाको महेन्द्रनगरमा सशस्त्र प्रहरीको छापाविरुद्ध व्यवसायी, ‘गोदामको ताला फुटाएर सबै सामान लगियो’
- २०८३ असोज ७ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका एक व्यवसायीले आफ्नो गोदाममा सञ्चालकको अनुपस्थितिमा छापा मारेर सम्पूर्ण सामान उठाएर लगेको भन्दै सशस्त्र प्रहरी र जनकपुर भन्सार कार्यालयप्रति आपत्ति जनाएका छन् । महेन्द्रनगरका
पूरा पढ्नुहोस्




