न्यूज ब्यूरो, जनकपुरधाम । भारतको उत्तर प्रदेश एटीएसले जैश–ए–मोहम्मदका लागि कथित आर्थिक सहयोग जुटाएको आरोपमा पक्राउ गरेका मोहम्मद जफरबारे अनुसन्धानका क्रममा नेपाल हुँदै पाकिस्तान पुग्ने तयारी गरेको विवरण सार्वजनिक भएको छ ।
बिहारको पूर्णिया जिल्लाको मीरगञ्ज, रौटा थाना क्षेत्रका मोहम्मद जफरलाई उत्तर प्रदेश एटीएसले गुप्त सूचनाका आधारमा १७ अगस्ट २०२६ मा मेरठबाट पक्राउ गरेको थियो । एटीएसले उनलाई ६ दिनको हिरासतमा राखेर सोधपुछ गरेको जनाएको छ ।
एटीएसका अनुसार जफरले सन् २०१७ देखि २०२२ सम्म मेरठको कोतवाली क्षेत्रस्थित गुदडी बजारको दारुल उलूम शाही जामा मस्जिद तथा मदरसामा अध्ययन गरेका थिए । सोही अवधिपछि उनी जैश–ए–मोहम्मदसँग कथित रूपमा जोडिएको अनुसन्धानबाट खुलेको एजेन्सीको दाबी छ ।
जफरमाथि मौलाना मसुद अजहरबाट प्रभावित भएर सामाजिक सञ्जालमार्फत पाकिस्तानी सम्पर्कमा पुगेको आरोप लगाइएको छ । एटीएसका अनुसार उनले मदरसा तथा मस्जिदको नाममा चन्दा संकलन गरी त्यसको रकम कथित रूपमा जैश–ए–मोहम्मदसम्म पुर्याउने गरेका थिए ।
मोबाइलको फरेन्सिक परीक्षणका क्रममा पाकिस्तानी जिहादी समूहसँग सम्बन्धित भनिएका ह्वाट्सएप समूहका केही नम्बर फेला परेको एटीएसले जनाएको छ । सामाजिक सञ्जालमा जफरले अनुहारमा मास्क लगाएर जिहाद र खिलाफतसँग सम्बन्धित भिडियो पोस्ट गर्ने गरेको पनि अनुसन्धानमा देखिएको दाबी गरिएको छ ।
क्रिप्टोमार्फत रकम पठाएको आरोप
एटीएसको अनुसन्धानमा जफरले बाइनान्स खातामार्फत क्रिप्टोकरेन्सी प्रयोग गरी जैश–ए–मोहम्मदलाई कथित रूपमा रकम पठाएको तथ्य फेला परेको दाबी गरिएको छ । त्यसपछि उनको बैंक खाता, आर्थिक कारोबार तथा डिजिटल गतिविधिमाथि थप अनुसन्धान भइरहेको छ ।
नेपाल हुँदै पाकिस्तान जाने तयारी
जफरको कथित नेपाल कनेक्सनलाई समेत एटीएसले अनुसन्धानको दायरामा ल्याएको छ । एजेन्सीका अनुसार जफर नेपाल पुगेपछि इमरानसहित अर्का एक व्यक्तिसँग भेट्ने तयारीमा थिए ।
उनीहरूले जफरलाई नेपालबाट अगाडि पाकिस्तान जान सहयोग गर्ने योजना रहेको आरोप एटीएसले लगाएको छ । अहिले ती दुई व्यक्तिको पहिचान, भूमिका र उनीहरूसँग जोडिएको सम्भावित नेटवर्कबारे अनुसन्धान भइरहेको बताइएको छ ।
पश्चिमी उत्तर प्रदेशबाट रकम संकलन गरेको आरोप
एटीएसले जफरले पश्चिमी उत्तर प्रदेशका विभिन्न क्षेत्रमा जैश–ए–मोहम्मदका लागि कथित रूपमा ठूलो रकम संकलन गरेको दाबी गरेको छ । बैंक खातासहित अन्य वित्तीय कारोबारको विश्लेषणबाट रकम संकलन तथा स्थानान्तरणको सञ्जाल पहिचान गर्ने प्रयास भइरहेको एजेन्सीले जनाएको छ ।
मोबाइलबाट बरामद डिजिटल सामग्री, कथित पाकिस्तानी सम्पर्क, क्रिप्टोकरेन्सी कारोबार र नेपाल हुँदै पाकिस्तान जाने योजनाबीचको सम्बन्धबारे थप अनुसन्धान जारी रहेको एटीएसको भनाइ छ ।
उल्लेखित आरोपहरू भारतीय सुरक्षा निकायको अनुसन्धान तथा दाबीमा आधारित रहेको छ ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८३ असोज ६ मंगलबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्


