दमनकारी र अत्याचारी शासकको अन्त्य हुन्छ : ओली

२०८३ भदौ २८ आइतबार
बेलुकी ६:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोधी तथा अत्याचारी शासकको अन्ततः अन्त्य हुने दाबी गरेका छन् ।

नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले आफू विगत ६० वर्षदेखि समानता र स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै आएको बताए । उनले जनताका हक–अधिकारका लागि आफू निरन्तर लडाइँको मैदानमा उभिएको दाबी गरे ।

स्वतन्त्रताको पक्षमा उभिनेहरूप्रति अहिलेका शासकहरूले पनि संवेदनशील हुनुपर्ने बताउँदै ओलीले अरू अप्ठ्यारोमा पर्दा रमाउने प्रवृत्तिका शासकहरूलाई जनताले विरोध गर्ने र त्यस्ता शासकहरूको अन्ततः नाश हुने टिप्पणी गरे ।

छापा माध्यमले भोगिरहेको संकटबारे कार्यदलले ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताए । सञ्चारमाध्यममाथिको प्रहारले समग्र लोकतन्त्रलाई कमजोर बनाउने उनको भनाइ थियो ।

लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती, बजारमा आएको मन्दी तथा सरकारी बेवास्ताका कारण छापा माध्यम संकटमा परेको विषयमा कार्यदलले ओलीको ध्यानाकर्षण गराएको थियो ।

ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति व्यंग्य गर्दै ‘छापामार सरकार नभई छापा–मार सरकार’ जस्तो देखिएको टिप्पणी गरे । सरकारको यस्तो प्रवृत्तिका कारण सञ्चारमाध्यम थप अप्ठ्यारोमा परेको उनको भनाइ थियो ।

आफू र आफ्नो पार्टी नेकपा एमाले दशकौँदेखि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै आएको दाबी गर्दै ओलीले छापा माध्यमको संरक्षणका लागि एमालेको पूर्ण समर्थन रहने स्पष्ट पारे ।

उनले छापा माध्यम ऐतिहासिक तथा तथ्यपूर्ण दस्ताबेजका रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै डिजिटल युगमा समेत यसको महत्त्व नघट्ने बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८३ भदौ २८ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus