पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा देशव्यापी भ्रमणमा निस्कने

२०८३ भदौ २५ बिहीबार
बिहान ०८:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू छिट्टै देशव्यापी भ्रमणमा निस्कने बताएका छन् ।

कांग्रेस भक्तपुरले बुधबार १३३औँ बीपी जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै देउवाले जिल्ला, गाउँदेखि सबै ठाउँमा पुगेर भ्रममा परेका कांग्रेसका नेता–कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउने बताएका हुन् ।

‘जिल्ला, गाउँ, सबै ठाउँमा भ्रममा परेका जो साथी होलान्, सबैलाई आफ्नो पक्षमा ल्याउँदै म पनि छिट्टै नै देशभरि घुम्छु,’ देउवाले भने ।

उनले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिल्नेमा समेत विश्वास व्यक्त गरे । देशभरि पुगेर जनताको पक्षमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै देउवाले आफूलाई साथ दिने कांग्रेस कार्यकर्तालाई धन्यवाद दिए ।

विदेशमा उपचारपछि स्वदेश फर्किँदा आफूले पाएको जनताको माया, सद्भाव र समर्थन व्यक्तिगत नभई कांग्रेसका सच्चा कार्यकर्ताले पाएको सम्मान भएको उनको भनाइ थियो ।

‘म काठमाडौं आउँदा जुन किसिमको नेपाली जनताको माया, सद्भावना र समर्थन मैले प्राप्त गरेँ, त्यो मैले पाएको होइन, सबै साथीहरूले पाउनुभएको हो,’ उनले भने, ‘नेपाली कांग्रेसका सच्चा कार्यकर्ताले पाउनुभएको हो ।’

जनताले दिएको माया र समर्थनलाई आत्मसात् गर्दै सबै कांग्रेसजन अघि बढ्नुपर्ने देउवाले बताए ।

विशेष महाधिवेशनमा सहभागी हुनेहरूको सनाखत नै नभएको दाबी गर्दै उनले निर्वाचन आयोगका प्रमुख आयुक्तले समेत आफ्नो ज्यानलाई खतरा भएपछि निर्णय गरेको बताएका थिए ।

कार्यक्रममा देउवाले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःखसमेत व्यक्त गरे।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रहेनन जनकपुरका चर्चित साहित्यकार एवम् शिक्षाविद् 'डा. राजेन्द्र बिमल'

  • २०८३ भदौ २५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामका चर्चित साहित्यकार, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्र प्रसाद विमलको निधन भएको छ । डा. विमलको सोमबार राति १२ः३० देखि १२ः४५ बजेको बीचमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको

पूरा पढ्नुहोस्

Bureau Menus