बाढीमा बेपत्ता भएका महोत्तरी महादेवपट्टिका हसान रेजा अन्सारी परिवारलाई युवाहरुको राहत

२०८३ भदौ २४ बुधबार
बेलुकी ६:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । रसुवामा आएको बाढीमा बेपत्ता भएका महोत्तरीको जलेश्वर नगरपालिका–७, महादेवपट्टी निवासी हसान रेजा अन्सारीको परिवारलाई युवाहरूको टोलीले खाद्यान्न सामग्री वितरण गरेको छ ।

‘जलेश्वर सचेत युवा’ले सञ्चालन गरेको चन्दा संकलन अभियानबाट जुटेको रकमबाट अन्सारीको परिवारलाई राहतस्वरूप खाद्यान्न सामग्री उपलब्ध गराइएको हो ।

युवा अभियानी सुमन चौधरीको नेतृत्वमा राहुल शर्मा, शिवम झा, विवेक चौधरी, प्रशान्त झा, आकेश पासवान, संजय मण्डल, शिवली अन्सारीलगायतका युवाहरूले अभियान सञ्चालन गरी राहत वितरण सुरु गरेका हुन् ।

युवा अभियानीहरूले बाढी प्रभावित तथा पीडित परिवारलाई लक्षित गर्दै राहत वितरणलाई निरन्तरता दिने बताएका छन् ।

महोत्तरीबाट हसान रेजा अन्सारीसहित ९ जना अझै रसुवा बाढीपछि सम्पर्कविहीन रहेको जनाइएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहाको माडर हटियामा माछाको तौलमै ‘खेल’ भएको आरोप, १ किलोको मूल्यमा ८ सय ग्राम मात्रै

  • २०८३ भदौ २४ बुधबार

सिरहा । सिरहाको सिरहा नगरपालिका–१७, माडरस्थित हटियामा माछा बिक्रीका क्रममा उपभोक्तालाई तौलमा ठगी गरिएको आरोप लागेको छ । स्थानीय उपभोक्ताका अनुसार हरेक सोमबार र शुक्रबार लाग्ने हटियामा १ किलो माछाको मूल्य

पूरा पढ्नुहोस्

Bureau Menus