जन्माष्टमीको राति मन्दिर जाँदै गरेकी १४ वर्षीया किशोरीमाथि दुष्कर्मको आरोप, मो. समिरसहित तीन पक्राउ

२०८३ भदौ २२ सोमबार
बिहान ११:५७ बजे
न्यूज ब्यूरो, डेस्क

एजेन्सी। भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा जन्माष्टमीको राति मन्दिर जाँदै गरेकी १४ वर्षीया किशोरीलाई अपहरण गरी दुष्कर्म गरेको आरोपमा तीन युवक पक्राउ परेका छन् । 

घटनामा सुरुमा मुख्य आरोपी समीरलाई पक्राउ गरिएको थियो भने फरार रहेका वलीन र सलमानलाई समेत प्रहरीले मुठभेडपछि पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

घटना छपार थाना क्षेत्रको एक गाउँमा गत सेप्टेम्बर ४ को राति भएको बताइएको छ । प्रहरीमा परेको उजुरीअनुसार किशोरी जन्माष्टमीको अवसरमा मन्दिर जान घरबाट निस्किएकी थिइन् । सोही क्रममा गाउँकै समीरले आफ्ना दुई साथी वलीन र सलमानसँग मिलेर उनलाई जबर्जस्ती नियन्त्रणमा लिएको आरोप छ । त्यसपछि उनलाई समीरको घरको एउटा कोठामा लगिएको र त्यहाँ दुष्कर्म गरिएको आरोप पीडित पक्षले लगाएको छ । 

किशोरी लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । खोजीका क्रममा उनलाई कथित रूपमा समीरको घरबाट असहज अवस्थामा फेला पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि परिवारले छपार प्रहरीमा उजुरी दिएपछि प्रहरीले गम्भीर धाराअन्तर्गत मुद्दा दर्ता गरेको थियो । 

प्रहरीले घटनाको मुख्य आरोपी भनिएका समीरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । फरार रहेका वलीन र सलमानलाई सेप्टेम्बर ६ मा रेटा नंगला गाउँको जंगल क्षेत्रमा खोजी गर्ने क्रममा प्रहरीले फेला पारेको बताइएको छ । 

प्रहरीका अनुसार उनीहरूले प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको थियो । त्यस क्रममा दुवै जना घाइते भए र पक्राउ परेका हुन् । उनीहरूबाट दुई थान अवैध .३१५ बोरका कट्टा तथा गोली बरामद भएको प्रहरीको दाबी छ ।

यससँगै घटनामा संलग्न भनिएका तीनै जना पक्राउ परिसकेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

घटना सार्वजनिक भएपछि स्थानीय स्तरमा समेत आक्रोश देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । योग साधना आश्रमका महन्त स्वामी यशवीर जी महाराजले आरोपीमाथि कडा कारबाही गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग माग गरेका छन् । साथै उत्तर प्रदेश सरकारका मन्त्री कपिल देव अग्रवालले पीडित परिवारलाई भेटेर घटनामा कडा कारबाहीको आश्वासन दिएका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८३ भदौ २२ सोमबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus