न्यूज ब्यूरो,जनकपुरधाम । बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि जनकपुरधामस्थित वर्मा मेडिकल हलका सञ्चालक सञ्जय वर्माले २ लाख रुपैयाँ सहयोग गरेका छन् ।
वर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग प्रदान गरेका हुन् । बाढीका कारण प्रभावित परिवारहरू कठिन परिस्थितिबाट गुज्रिरहेको समयमा पीडित तथा आवश्यकतामा रहेका नागरिकको सहयोगका लागि उनले आर्थिक योगदान गरेका हुन् ।
विपद्को समयमा पीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको वर्माले बताएका छन् ।
बाढीपीडितका लागि गरिएको उनको सहयोगले विपद्को समयमा निजी क्षेत्र तथा व्यवसायीले समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने सन्देश दिएको छ ।
वर्माको सहयोगबाट बाढी प्रभावितको राहत तथा पुनर्स्थापनामा केही योगदान पुग्ने अपेक्षा गरिएको छ । साथै, विपद्को समयमा अन्य व्यक्ति, व्यवसायी तथा संघ–संस्थालाई पनि पीडितको सहयोगमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८३ भदौ २१ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्



