न्यूज ब्यूरो, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत प्रमुख इन्जिनियर दीपा कार्की ६४ हजार रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ‘स्ट्रक्चर एनालाइसिस’ स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा कार्कीलाई पक्राउ गरेको हो ।
घुस लेनदेनमा मध्यस्थता गरेको आरोपमा आस्मा कार्कीलाई समेत अख्तियारको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
अख्तियारका अनुसार दुवै जनालाई थलीस्थित डाँछी कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धानका लागि विशेष अदालतबाट म्याद थप गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८३ भदौ १७ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्


