बाढी प्रभावितका लागि अमेरिकाबाट धनुषाका श्याम यादवले गरे झण्डै १ लाख रुपैयाँ सहयोग

२०८३ भदौ १६ मंगलबार
बिहान ०८:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि धनुषाका श्याम यादवले ९५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

कमला नगरपालिका–४, सघारा निवासी यादवले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा उक्त रकम सहयोग गरेका हुन् ।

हाल अमेरिकामा बस्दै आएका यादवले विपद्का कारण पीडामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरेको बताए ।

‘सहयोग ठूलो वा सानो हुँदैन । विपद्को कठिन समयमा एक–अर्काको साथ दिनुपर्छ भन्ने भावनाले आफूले सकेको सहयोग गरेको हुँ,’ यादवले भने ।

उनले आफ्नो सहयोगलाई ठूलो योगदानका रूपमा नलिई मानवीय भावनाले गरिएको सानो प्रयासका रूपमा लिन आग्रह गरेका छन् । आफ्नो सहयोगले अन्य व्यक्ति तथा समुदायलाई पनि बाढी प्रभावितको राहत तथा उद्धारमा सहयोग गर्न प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे ।

‘हामी सबैले आफ्नो क्षमताअनुसार थोरै–थोरै सहयोग गर्ने हो भने बाढीबाट प्रभावित धेरै परिवारको पीडामा केही राहत पुर्‍याउन सकिन्छ,’ यादवले भने ।

यादवले विपद्को कठिन घडीमा पीडित नेपालीको साथ दिन र आफ्नो क्षमताअनुसार सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

‘हाम्रो सानो सहयोग कसैको जीवनमा ठूलो आशा बन्न सक्छ,’ उनले भने ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ भदौ १६ मंगलबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus