भारत । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा धर्मान्तरणको आरोप लागेको एक मदरसामा प्रशासनले बुलडोजर चलाएको छ ।
रतनपुरी क्षेत्रको फुलत गाउँमा रहेको दारुल उलूम रहीमिया मदरसाको संरचना ६ दिनसम्म लगातार कारबाही गरेर हटाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रशासनका अनुसार मदरसा ग्रामसभाको सरकारी जग्गामा निर्माण गरिएको थियो । राजस्व विभागको छानबिनमा संरचना अवैध रहेको पाइएपछि ध्वस्तीकरण गरिएको हो ।
यस मदरसाका सञ्चालक मौलाना हिफजुर्रहमान अन्सारी र उनका दुई छोराविरुद्ध हिन्दू युवक–युवतीलाई धर्मान्तरण गराएको आरोपमा यसअघि नै मुद्दा दर्ता भएको थियो ।
प्रशासनले भने मदरसा भत्काउने कारबाही धर्मान्तरणको आरोपका कारण नभई सरकारी जग्गामा गरिएको भनिएको अवैध निर्माण र अतिक्रमणका कारण भएको जनाएको छ ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८३ भदौ १६ मंगलबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्

.jpeg)


