धर्मान्तरणको आरोप लागेको मदरसामाथि चल्यो बुलडोजर, ६ दिनमा मदरसा पारियो ध्वस्त
भारत । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा धर्मान्तरणको आरोप लागेको एक मदरसामा प्रशासनले बुलडोजर चलाएको छ । रतनपुरी क्षेत्रको फुलत गाउँमा रहेको दारुल उलूम रहीमिया मदरसाको संरचना ६ दिनसम्म लगातार कारबाही गरेर हटाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रशासनका अनुसार मदरसा ग्रामसभाको सरकारी जग्गाम

२०८३ भदौ १६ मंगलबार, बिहान ७:५७ बजे१ मिनेट पढाइ
भारत । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा धर्मान्तरणको आरोप लागेको एक मदरसामा प्रशासनले बुलडोजर चलाएको छ ।
रतनपुरी क्षेत्रको फुलत गाउँमा रहेको दारुल उलूम रहीमिया मदरसाको संरचना ६ दिनसम्म लगातार कारबाही गरेर हटाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रशासनका अनुसार मदरसा ग्रामसभाको सरकारी जग्गामा निर्माण गरिएको थियो । राजस्व विभागको छानबिनमा संरचना अवैध रहेको पाइएपछि ध्वस्तीकरण गरिएको हो ।
यस मदरसाका सञ्चालक मौलाना हिफजुर्रहमान अन्सारी र उनका दुई छोराविरुद्ध हिन्दू युवक–युवतीलाई धर्मान्तरण गराएको आरोपमा यसअघि नै मुद्दा दर्ता भएको थियो ।
प्रशासनले भने मदरसा भत्काउने कारबाही धर्मान्तरणको आरोपका कारण नभई सरकारी जग्गामा गरिएको भनिएको अवैध निर्माण र अतिक्रमणका कारण भएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…