धनौजी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि २२ लाख बढी रुपैयाँ सहयोग गर्ने

२०८३ भदौ १५ सोमबार
बेलुकी ५:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि धनौजी गाउँपालिकाले २२ लाख १५ हजार ५१५ रुपैयाँ सहयोग गर्ने भएको छ ।

धनौजी गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ७ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी गाउँपालिकाका जनप्रतिनिधि, कार्यरत कर्मचारी तथा शिक्षकहरूको मासिक पारिश्रमिकबाट कट्टा गरी थप १५ लाख १५ हजार ५१५ रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको हो ।

गाउँपालिकाले प्राकृतिक विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ । साथै विपद्बाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनर्स्थापना र सहज जनजीवनको कामना गरेको छ ।

‘विपद्ले दिएको यो चोट केवल एउटा भूगोल वा समुदायको पीडा होइन, सम्पूर्ण राष्ट्रको साझा पीडा हो,’ गाउँपालिकाको विज्ञप्तिमा भनिएको छ ।

गाउँपालिकाले विपद्को समयमा राज्य, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिक सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास र गाउँपालिका अध्यक्ष राजकुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्का बेला पीडित नागरिकलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

गाउँपालिकाले देशको कुनै कुनामा परेको पीडा सम्पूर्ण नेपालीको साझा पीडा भएको भन्दै भोटेकोशी बाढी प्रभावितका लागि सहयोगमा जुट्न सबैलाई आग्रह गरेको छ ।

 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आईफोनको जिद्दीले उजाडियो परिवार, छोरा बचाउन खोज्दा भीरबाट खसेर आमाबुवासहित तीन जनाको मृत्यु

  • २०८३ भदौ १५ सोमबार

न्यूज ब्यूरो, भारत । महँगो मोबाइल फोन किन्ने जिद्दी र त्यसको किस्ता तिर्ने विषयमा भएको पारिवारिक विवादले भारतमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । महाराष्ट्रको छत्रपति संभाजीनगरस्थित तिसगाउँ क्षेत्रमा

पूरा पढ्नुहोस्

Bureau Menus