वीरगँजको नारायणी अस्पतालबाट १ दिने बच्चा चोरी गरेको आरोपमा सबिना खातुन पक्राउ

२०८३ भदौ १५ सोमबार
बेलुकी ५:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । वीरगन्जको नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशु १६ घण्टापछि सकुशल फेला परेको छ । शिशु चोरी गरेर फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेपछि घटनाको रहस्य खुलेको हो ।

सोमबार बिहान प्रहरीले वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट नवजात शिशुसहित एक महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानकी सबिना खातुन रहेकी छन् ।

पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार रातभरि सञ्चालन गरिएको खोजी तथा अनुसन्धानपछि प्रहरीले खातुनलाई शिशुसहित नियन्त्रणमा लिन सफल भएको हो ।

आइतबार राति नारायणी अस्पतालमा एक दिने शिशु अचानक गायब भएपछि परिवारमा खैलाबैला मच्चिएको थियो । सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन् ।

अस्पतालमै रहेका शिशुकी हजुरआमासँग एक अपरिचित महिलाले बच्चा खेलाउने भन्दै शिशु मागेकी थिइन् । परिवारले विश्वास गरेर बच्चा ती महिलाको हातमा दिए ।

तर, केहीबेरमै ती महिला शिशु लिएर अस्पतालबाट बेपत्ता भइन् । बच्चा लिएर महिला गायब भएपछि परिवारले तत्काल प्रहरीलाई खबर गरेको थियो ।

घटनालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले रातभरि अस्पतालदेखि सम्भावित स्थानसम्म खोजी तथा अनुसन्धान तीव्र बनाएको थियो । अन्ततः करिब १६ घण्टापछि प्रहरीले इनर्वाबाट शिशुसहित महिलालाई पक्राउ गरेको हो ।

शिशुलाई सकुशल फेला पारेपछि परिवारले राहतको सास फेरेको छ । पक्राउ परेकी खातुन र नवजात शिशुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

शिशु चोरी गर्नुको कारण र घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

चारै शहिदलाई पूर्व न्यायधिश डा.सल्लाहुदिन सिद्धिकीले भने उपद्रवी, शहिद घोषणाले शहिदको अपमान भएको दाबी

  • २०८३ भदौ १५ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । उच्च अदालतका पूर्व न्यायधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले सरकार शहिद घोषणा गरेका चारै जनालाई उपद्रवीको सँज्ञा दिएका छन् ।  उनले आफ्नो अधिकारिक फेसबुक पेजमा हिन्दु मुस्लिम विवादको

पूरा पढ्नुहोस्

Bureau Menus