कमला नपाको लक्ष्मी युवा सेवा समितिद्धारा प्रधानमन्त्री कोषमा नगद सहयोग

२०८३ भदौ १४ आइतबार
बिहान ०९:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्युज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयास्थित स्थापना गरिएको जय माँ लक्ष्मी युवा समितिले प्रधानमन्त्री विपद कोषमा रकम सहयोग गरेको छ । 

माचि ग्रामवासीमध्ये वैदेशिक रोजगारीमा रहेका युवा, वयश्यहरुले मिलेर कोषमा १५ हजार रुपैयाँ जम्मा गरेको बताईएको छ । सोही गाउँका व्यक्तिलाई परेको बेला सहयोग गर्ने उदेश्यले खोलिएको सो सँस्था रसुवा बाढी पीडितका लागि समेत १५ हजार रुपैयाँ सहयोग गरेको हो । 

माचि ग्रामवासीलाई आपत परेको बेला, गरिब, निमुखलाई आवश्यकता परेको बेला सहयोग गर्ने उदेश्यले सो वैदेशिक रोजगारीमा रहेका सो गाउँका युवाहरुले रकम जम्मा गर्ने सुरु गरेको छ । 

अहिले केही जना मात्र सम्पर्कमा रहेको तथा गाउँका सबै जनालाई सम्पर्कमा ल्याएर सहयोग रकम जम्मा गर्ने तयारी गरिएको सँस्थाका साधु यादवले जानकारी दिए । उनले तत्काल बाढी पीडितका लागि सानो रकम सँस्थाको तर्फबाट सहयोग गरेको बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

पवनभन्दा कम छैनन् पवनका चेला ब्रम्हदेव यादवः जनकपुरमा आलिशान महल, गाउँमा कठ्ठाको कठ्ठा जमिन खरिद

  • २०८३ भदौ १४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गिद्धाबेलापटिट् स्कूलका साधारण निमावि शिक्षक ब्रम्हदेव यादव । नोकरी भएको केही बर्षमै कित्ताको कित्ता जग्गा जोडन भ्याएँ ।  गिद्धाबेलापट्टि स्कूलमा पवन मण्डल हेडमास्टर बनेपछि उनलाई लेखापालको

पूरा पढ्नुहोस्

Bureau Menus