न्यूज ब्यूरो, काठमाडौं । पछिल्लो समय भइरहेको भारी वर्षाका कारण देशका विभिन्न नदीमा जलसतह बढेर खतरा र सतर्कताको तह पार गर्न थालेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा करिब ३ मिटर माथि पुगेको छ ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको महाशाखाले जनाएको छ । यस्तै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा भएकाले नारायणी नदी तथा यसका सहायक नदीहरूमा समेत जलसतह बढ्ने सम्भावना रहेको जनाइएको छ ।
महाशाखाले नारायणी तथा यसका सहायक नदीको तटीय क्षेत्रमा रहेका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैगरी, सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदी जलमापन केन्द्रमा समेत जलसतहले सतर्कताको तह पार गरेको छ । नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा अत्यधिक भारी वर्षा मापन भएको थियो । सोही कारण सिन्धुपाल्चोकभन्दा तलतर्फ रहेका नदी तथा खोलाहरूमा जलसतह बढेको महाशाखाले जनाएको छ ।
महाशाखाले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको बहाव बढ्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
सिरहाको माडर हटियामा माछाको तौलमै ‘खेल’ भएको आरोप, १ किलोको मूल्यमा ८ सय ग्राम मात्रै
- २०८३ भदौ १४ आइतबार
सिरहा । सिरहाको सिरहा नगरपालिका–१७, माडरस्थित हटियामा माछा बिक्रीका क्रममा उपभोक्तालाई तौलमा ठगी गरिएको आरोप लागेको छ । स्थानीय उपभोक्ताका अनुसार हरेक सोमबार र शुक्रबार लाग्ने हटियामा १ किलो माछाको मूल्य
पूरा पढ्नुहोस्



