महोत्तरीका सञ्चारकर्मीले सहजरुपमा सूचना पाउन सकेनन्
महोत्तरी, मंसिर २४ : महोत्तरीका सञ्चारकर्मीले सहज र सरल तरिकाले निर्वाचन सम्बन्धी सूचना पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको मिडिया सेन्टरमा मतगणनाका पूर्ण सूचना उपलब्ध गराउनकन्जुस्यायी गरिएको यहाँका सञ्चारकर्मीले जनाएका छन् । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार राजीव

२०७४ मंसिर २४ आइतबार, बेलुकी ५:२२ बजे१ मिनेट पढाइ

महोत्तरी, मंसिर २४ : महोत्तरीका सञ्चारकर्मीले सहज र सरल तरिकाले निर्वाचन सम्बन्धी सूचना पाउन नसकेको गुनासो गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको मिडिया सेन्टरमा मतगणनाका पूर्ण सूचना उपलब्ध गराउनकन्जुस्यायी गरिएको यहाँका सञ्चारकर्मीले जनाएका छन् ।
नेपाल टेलिभिजनमा कार्यरत पत्रकार राजीव रायले मिडिया सेन्टरमा कूल मतदान संख्या, सदर मत, बदर मत उल्लेख नगरिकन अधूरा समाचार सम्प्रेषण गर्दै आएको जनाउनुभएको छ ।
मतगणना शुरु भएको २४ घण्टापछि नेपाल पत्रकार महासंघको पहलमा स्थापना भएको सो सेन्टरमा तत्कालै सूचना उपलब्ध नगराएका कारण आफूहरुले पुरानो सूचना स्रोता, दर्शकलाई दिन बाध्य हुनुपरेको उहाँको गुनासो थियो ।
यता महोत्तरीको गौशालास्थित रेडियो रुपान्तरणमा कार्यरत पत्रकार सुनिता महतोले सूचना पाउनु हरेक नागरिकको अधिकार भए पनि महोत्तरीका सञ्चारकर्मीले सुलभ रुपमा सूचना नपाउनु निन्दनीय कार्य रहेको बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…