
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
न्यूज ब्यूरो, बारा । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरी हवल्दार कुमार विक पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार बयानका क्रममा हिरासतमा रहेका किशोरको भिडियो अनधिकृत रूपमा खिचेर स

२०८३ भदौ ८ सोमबार, दिउँसो ४:४७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरी हवल्दार कुमार विक पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार बयानका क्रममा हिरासतमा रहेका किशोरको भिडियो अनधिकृत रूपमा खिचेर सार्वजनिक गरेको आरोपमा हवल्दार विकलाई नियन्त्रणमा लिइएको हो । उनलाई हिरासतमा राखेर फौजदारी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानको संवेदनशील चरणमा रहेको बयानको भिडियो प्रहरीको आन्तरिक प्रोटोकलविपरीत खिचिएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक रूपमा भाइरल भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार भिडियोमा अन्य प्रहरी कर्मचारीसमेत देखिएका छन् । भिडियो खिच्ने तथा सार्वजनिक गर्ने कार्यमा अन्य प्रहरी कर्मचारीको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार भिडियोमा देखिएका अन्य प्रहरी कर्मचारीमाथि पनि विभागीय अनुसन्धान अघि बढाइएको छ । दोषी देखिए उनीहरूमाथि समेत कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।
गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयानसम्बन्धी भिडियो सार्वजनिक भएपछि अनुसन्धानको गोपनीयता, नाबालिगको अधिकार र प्रहरीको व्यावसायिक आचरणमाथि गम्भीर प्रश्न उठेको छ ।
भिडियो कसरी खिचियो, कसले सार्वजनिक गर्यो र यसमा अन्य प्रहरी कर्मचारीको भूमिका के थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २४ मंगलबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सञ्चित धनमा वृद्धि हुनेछ। बोलिको गलत अर्थ लाग्नाले वादविवाद पर्ने सम्भावना रहेको छ। लगनशीलताले गर्दा लक्ष्यमा पुग्न गाह्रो नहोला। शुभ समाचार पाउँदा परिवारजनहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…