
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
प्रहरीले सार्वजनिक भएको भिडियो र अन्य प्रमाणका आधारमा घटनाको अनुसन्धान अघि बढाएको छ । आरोपित व्यक्ति पक्राउ परेपछि डल्फिनको शिकार भएको हो वा होइन तथा घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा थप स्पष्ट हुने प्रहरीले जनाएको छ ।

२०८३ भदौ ८ सोमबार, बिहान ९:२८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, राजविराज । कोशी नदीमा पाइने दुर्लभ प्रजातिको माछा डल्फिनको शिकार भएको पाईएको छ । कोशी नदीमा माछा मार्ने एक मलाहले डल्फिनको शिकार गरेको पाईएको छ ।
कोशी नदी बग्ने भारतको बिहारस्थित सहरसा जिल्लाको नौहट्टा क्षेत्रमा कोशी नदीमा दुर्लभ गंगा नदी डल्फिनको शिकार गरिएको भिडियो भाईरल बनेको छ । डल्फिनको शिकार गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
कोशी नदीमा डल्फिनको शिकार गरेको आरोप एक मलाहमाथि लागेको छ । घटनासँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि प्रहरीले आरोपितको पहिचान गरी खोजी थालेको हो ।
प्रहरीले घटनामा संलग्न भनिएका वीरेंद्र मुखिया नाम गरेका व्यक्तिको खोजी गरिरहेको जनाइएको छ । भिडियोमा मुखियाले डल्फिनलाई नियन्त्रणमा लिएको तथा त्यससँग सम्बन्धित गतिविधि देखिएको बताइएको छ । भिडियो सार्वजनिक भएपछि वन्यजन्तु संरक्षणसँग सम्बन्धित विषयमा समेत प्रश्न उठेको छ ।
गंगा नदी डल्फिन भारतको राष्ट्रिय जलीय जीव हो । यो दुर्लभ तथा संकटापन्न प्रजातिमा पर्छ । कोशी नदीमा समेत गंगा नदी डल्फिनको उपस्थिति रहेको अध्ययनहरूले देखाएका छन् ।
डल्फिन संरक्षणका क्षेत्रमा काम गर्ने संस्थाहरूका अनुसार कोशी नदीमा मानव गतिविधि, माछा मार्ने क्रममा हुने जोखिम तथा अन्य वातावरणीय दबाब यस प्रजातिका लागि चुनौती बन्दै आएका छन् ।
प्रहरीले सार्वजनिक भएको भिडियो र अन्य प्रमाणका आधारमा घटनाको अनुसन्धान अघि बढाएको छ । आरोपित व्यक्ति पक्राउ परेपछि डल्फिनको शिकार भएको हो वा होइन तथा घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा थप स्पष्ट हुने प्रहरीले जनाएको छ ।
गंगा नदी डल्फिनलाई संरक्षण गर्न भारतमा कानुनी व्यवस्था रहेको छ । यसअघि पनि डल्फिनमाथि भएको हिंसात्मक घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको उदाहरण छ ।
कोशी नदीमा डल्फिन देखिनु जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिन्छ । पछिल्लो घटनाले नदीमा दुर्लभ जलचरको संरक्षण तथा अवैध शिकार नियन्त्रणमा निगरानी थप कडा बनाउनुपर्ने आवश्यकता देखाएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ कार्तिक २५ बुधबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…