जनकपुरको प्रसिद्ध भूतनाथ मन्दिर (स्वर्गद्वारी) मा चोरी, मध्यराती चोर रँगेहात पक्राउ
सुरुमा उनीहरुले स्मसानघाट रहेकोले भूत हुन सक्ने भनेर डराए । छतबाट हेरेपछि मानिससहित गहना देखिएपछि उनीहरुले तत्कालै प्रहरीलाई फोन गरेको थियो । करिब १५० मिटरकै दुरीमा रहेको धनुषा प्रहरीले २ मिनेटमै प्रहरी पठाएका थिए । उनीहरु मन्दिरबाट चोरी गरेर निस्कने अवस्थामा रहेको बेला प्रहरीले एक जनालाई पक्राउ गरेको हो भने एक जना भाग्न सफल भएको जनाइएको छ ।

२०८३ भदौ ५ शुक्रबार, बिहान ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध धार्मिक स्थल रहेको बाबा भूतनाथ मन्दिरमा चोरी भएको छ । सो सँगै चोर रँगेहात पक्राउ परेका हुन् ।
मध्यराती करिब १ः३० बजेको समयमा जनकपुरको गँगासारको दक्षिणी डीलमा रहेको भूतनाथ मन्दिर (स्वर्गद्धारी) मा दुई चोर चोरी गरिरहेकै अवस्थामा रँगेहात पक्राउ परेका छन् ।
मध्यरातीमा मन्दिरमा पसेर दुई चोरले भूतनाथको चाँदीको जलढरी, नाग र चारैतर्फ रहेको चारै देवताको चाँदीको मुकुटसहित अन्य बहुमूल्य धातूको गरगहनाहरु चोरी गरेका थिए । राती मुकुट उखेलेपछि आवाज आउँदा मन्दिरको पूर्वपट्टि रहेको घरको छतमा सुतिरहेका युवकहरु निन्द्राबाट ब्यूझिँए ।
सुरुमा उनीहरुले स्मसानघाट रहेकोले भूत हुन सक्ने भनेर डराए । छतबाट हेरेपछि मानिससहित गहना देखिएपछि उनीहरुले तत्कालै प्रहरीलाई फोन गरेको थियो । करिब १५० मिटरकै दुरीमा रहेको धनुषा प्रहरीले २ मिनेटमै प्रहरी पठाएका थिए । उनीहरु मन्दिरबाट चोरी गरेर निस्कने अवस्थामा रहेको बेला प्रहरीले एक जनालाई पक्राउ गरेको हो भने एक जना भाग्न सफल भएको जनाइएको छ ।
यसबारे मन्दिरका कर्ताधर्ता समाजसेवी पवन सिँघानीयाँले भने आफूलाई राती करिब २ बजे जानकारी भएको बताए । एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषा प्रहरीका अनुसार पक्राउ पर्नेमा मोतिफर रहमान मियाँ रहेको छ ।
अन्तिम अध्यवाधिकः २०८३ भदौ ५ गते, शुक्रबार बिहान १०ः२५ बजे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…