भारतको अशोकधाम मन्दिरमा भागदौड, सात महिलाको मृत्यु

२०८३ भदौ १ सोमबार
बिहान ११:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बिहार । भारतको बिहारस्थित लखीसरायमा रहेको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भागदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै महिला रहेको प्रशासनले जनाएको छ ।

भगवान शिवको जलाभिषेकका लागि मन्दिरमा भक्तजनको ठूलो भीड जम्मा भएका बेला घटना भएको हो । लखीसरायका प्रमुख जिल्ला अधिकारी (डीएम) शैलेन्द्र कुमार र सब–डिभिजनल पुलिस अफिसर (एसडीपीओ)  शिवम कुमारका अनुसार अशोकधाम हाल्ट रेलवे स्टेसनबाट मन्दिरतर्फ जाने बाटोमा भक्तजनको लामो लाइन लागेको थियो । सोही समयमा स्टेसनमा दुईवटा रेलसमेत आएका थिए ।

यसैबीच विद्युत्को तार चुँडिएर पोल ढलेको र करेन्ट प्रवाह भएको अफवाह फैलिएपछि लाइनमा बसेका दर्शनार्थीबीच अचानक भागदौड मच्चिएको थियो । त्यस क्रममा महिलाहरूको लाइनमा एक्कासि चाप बढ्दा धेरै जना एकअर्कामाथि खसेका थिए । भीडमा थिचिएर र निसास्सिएर सात महिलाको मृत्यु भएको प्रशासनले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि जिल्ला सदर अस्पताल पुर्‍याइएको छ । गम्भीर अवस्थाका घाइतेहरूलाई थप उपचारका लागि पटना मेडिकल कलेज अस्पतालमा रेफर गरिएको जनाइएको छ ।

घटनापछि बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुःख व्यक्त गर्दै घाइतेहरूको तत्काल र उचित निःशुल्क उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

घटनापछि अशोकधाम मन्दिर तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाको कारणबारे प्रशासनले थप अनुसन्धान गरिरहेको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

चारै शहिदलाई पूर्व न्यायधिश डा.सल्लाहुदिन सिद्धिकीले भने उपद्रवी, शहिद घोषणाले शहिदको अपमान भएको दाबी

  • २०८३ भदौ १ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । उच्च अदालतका पूर्व न्यायधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले सरकार शहिद घोषणा गरेका चारै जनालाई उपद्रवीको सँज्ञा दिएका छन् ।  उनले आफ्नो अधिकारिक फेसबुक पेजमा हिन्दु मुस्लिम विवादको

पूरा पढ्नुहोस्

Bureau Menus